विराटनगरमा खुल्यो ड्रिम भिजन एजुकेशन,अष्ट्रेलिया र न्यूजिल्याण्ड पढ्न जानेलाई अनलाइन कक्षा

विराटनगरमा खुल्यो ड्रिम भिजन एजुकेशन,अष्ट्रेलिया र न्यूजिल्याण्ड पढ्न जानेलाई अनलाइन कक्षा

विराटनगर । विराटनगरमा ड्रिम भिजन एजुकेशन प्रा.लि.को पहिलो शाखा संचालनमा आएको छ । शनिमन्दिर रोड मंगलादेवी विशाल बजारको अगाडी एसएस प्लाजा भवनमा शैक्षिक परामर्श केन्द्र सञ्चालनमा आएको हो ।

उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पठाउने ड्रिम भिजन एजुकेशनले परामर्शसँगै पढ्न जाने विद्यार्थीलाई सम्बन्धित देशमा पठाउने दावी गरिएको छ । एजुकेसन कन्सल्टेन्सीको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रोफेसर डा.अजय भट्टराईले बुधबार उद्घाटन गरेका थिए ।

भारत, युएई, अस्ट्रेलिया र न्युजिल्याण्डमा शाखा रहेको कन्सल्टेन्सीको पहिलो शाखा विराटनगरमा संचालनमा ल्याईएको ड्रिम भिजन एजुकेशनका संचालक डा.बीएन मण्डल जानकारी दिए । उनको अनुसार काठमाडौँमा अब केही महिना भित्रै शाखा विस्तार गरिने छ ।

उच्च शिक्षा अध्ययनको लागि ड्रिम भिजन एजुकेसनले दुई वटा देशमा अध्ययनका लागी जाने विद्यार्थी पढाउने र पठाउने समेत काम गर्ने संचालक मण्डल जानकारी दिए । उनका अनुसार पी.टी.ई, आई.ई.एल.टी.एस (एकेडेमीक),ओ.ई.टी. का तयारी अनलाईन कक्षा सञ्चालन गरिने छ । ड्रिम भिजनले अस्ट्रेलिया र न्युजिल्यण्डमा विद्यार्थीहरू अध्ययनको लागि पठाउने छ ।

अस्ट्रेलिया र न्युजिल्याण्डका दक्ष तथा अनुभवी शिक्षकहरुले अनलाईनबाट प्रशिक्षण गर्ने हुँदा पढ्न जाने विद्यार्थीहरुको भिषा रिजेक्ट कम हुने र गुणस्तरीय सेवा दिने दावी सञ्चालनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्