सहिद मैदान विराटनगरमा पेलेको सालिक

सहिद मैदान विराटनगरमा पेलेको सालिक

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ ।

आज घरेलु टिम विराटनगर सिटी र नेपाल पुलिस क्लवबीच प्रतियोगिता साँझ ५ बजेदेखि सुरु हुँदैछ । फुटबल प्रतियोगिता सुरु हुँदै गर्दा आयोजक समितिले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सालिक स्थापना गरेको छ ।

इटहरीको भद्रकाली कला कुञ्जका प्रमुख अभिषेक तिम्सिनाले विश्वविख्यात फुटबलर पेलेको अर्धकदको सालिक निर्माण गरेका हुन् । उनले विराटनगर महानगरपालिकालाई निःशूल्क उपलब्ध गराएपछि गोल्डकप आयोजक समितिले उक्त सालिक सहिद मैदानमा राखेको हो ।

सालिकलाई आज खेल उद्घाटन हुनु अगाडी सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्