सुर्खेतमा जन्मेका दिपेशको विराटनगर कर्मथलो

सुर्खेतमा जन्मेका दिपेशको विराटनगर कर्मथलो

सुजता लिम्बु
विराटनगर । ‘यतिबेला म मेरो परिवालाई मिस गरिहेको छु,’ मुस्कुराउँदै सुनाउछन् दिपेश कँडेल । श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा छनोट खेल सकिएसँगै विराटनगर आएका उनी गलामा माला र खादा हातमा सम्मानको फे्रमसँगै परिवारको सम्झना बोकेर दौडधपुमा छन् । सुर्खेतमा जन्मेका १७ वर्षीय दिपेश विराटनगरलाई आफ्नो ‘करियर लाईफ’ को उद्गम मान्छन् । नेपाललाई विश्वमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी खुशी साट्न यतिबेला परिवारको साथमा हुनुपर्ने हो । तर, परिवार भन्दा पनि करियरको पहिलो यात्रा आरम्भ गरेको स्थान आफ्नो लागि महत्वपूर्ण पाटो रहेको बताउँछन् ।

‘यस्तो खुशीको माहोलमा परिवारसँग खुशी साट््न मन हुन्छ नि, मैले गेम सकिए पछि घरमा फोन गरेको थिए परिवारसँगै गाँउनै खुशी हुनुहुन्छ,’उनले भने,‘विराटनगरको मैदानबाट मैले क्रिकेट खेल्न सुरुगरेको हो त्यसैले म घर नगइ विराटनगर आए ।’
बुवाको जागिरे दौरानमा विराटनगर भित्रिएका उनी यहाँ आउँदा कक्षा ७ मा पढ्थे । त्यही समयदेखि क्रिकेटसँग साइनो जोडिएको उनको उमेरले दशक विताउदा खेल जीवन बनेको छ । खेलको अन्तिम चरणमा जितको नजिक पुगेको विपक्षीको सफलता चुम्ने सपनालाई बिथोल्दै विजयी यात्रा तय गरेको उनका लागि यो जित थप जिम्मेवारी र हौसला बनेको सुनाउँछन् ।

आफूले खेलको अन्तिम चरणमा विकेट लिएको क्षणलाई स्मरण गर्दै सुनाउछन् , ‘त्यो बेला हामी सबैजना खुशी भएका थियौँ, एकदमै महत्वपूर्ण क्षण थियो त्यसले टिममा उत्साहको माहोल समेत बनेको थियो ।’
खेलको समय टिममा साथीहरुको हौसलाले मनोबल बढेको बताउने उनी त्योे समय अब थप आफूहरुले गर्नुपर्छ भन्ने लागको उनले सुनाए ।’ पहिलो विकेट लिए पछि मलाई आत्मविश्वास बढेर आयो ।’ उनी सुनाउछन्,‘अहिले त्यो आँखा बन्द गर्दा पनि त्यो क्षण याद आउछ् ।’
टेनिस बलले क्रिकेट खेल्न सुरु गरेका उनले देशका लागि खेल खेल्छु र नेपाल चिनाउछु भनेर सोँचेका पनि थिएनन् । परिवारको दर्बिलो साथ र लगनशिलताले सफताको यात्रा चुम्न सफल भएका उनी संघर्षको दौरानमा खुब मेहेनत गरेको सुनाउछन् । खेल मैदानमा संघर्ष गरिरहँदा परिवारको साथ नै बलियो आधार रहेको उनी बताउछन् ।

पहिले गुराँस क्रिकेट एकेडेमीबाट क्रिकेट प्रशिक्षण सुरु गरेका उनी हाल होराइजन क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् । विश्वकपमा छनोट भएपछि खेल क्षेत्रमा आफ्नो भविष्य उज्जवल बनाउन थप जिम्मेवार बढेको बताउने उनी सिनियर टिमबाट खेल्ने ठूलो सपना रहेको उनी सुनाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्