विराटनगरको तुलसी सहकारीमा अपचलन : शर्मा परिवार फरार, सिए सितल चन्द पक्राउ

विराटनगरको तुलसी सहकारीमा अपचलन : शर्मा परिवार फरार, सिए सितल चन्द पक्राउ

विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारीको लेखा परीक्षण गर्दा सञ्चालकसँग मिलेमतो देखिएपछि मोरङ प्रहरीले सिए सितल चन्दलाई विराटनगरबाट पक्राउ गरेको छ । रकम अपचलन गरेर शिखर अर्गनाइजेसन ग्रुप तथा विराटनगर–३ स्थित तुलसी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित उनकी श्रीमती गिता शर्मा र छोरा काल्स शर्मा फरार भएका छन् ।

प्रहरीले सिए चन्दले सहकारीको रकम शर्माको निजी कम्पनीमा ट्रान्सफर भईरहेको कुरा लेखा परीक्षणका क्रममा त्रुटीको रुपमा नऔल्याएको भन्दै मिलेमतो आशंका गरेर पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक एवं मोरङ प्रहरीका प्रवक्ता रन्जन कुमार दाहालले अनुसन्धान गर्ने क्रममा लेखा परीक्षण गर्ने व्यक्ति समेत अपचलन गर्ने काममा मिलेमतो देखिएपछि पक्राउ गरिएको जानकारी दिए । ‘उनले लेखापरीक्षणका क्रममा त्रुटी देखाईदिएको भए सर्वसाधारणको रकम डुब्ने थिएन, प्रवक्ता दाहालले भने–सञ्चालकले सहकारी रकम निजी कम्पनीमा ट्रान्सफर गरेको देख्दा समेत प्रतिवेदनमा त्रुटी नदेखाएकाले उनको संलग्नताको आशंका गरिएको छ ।

सिए चन्दसहित यसअघि पक्राउ परेका सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेलाई ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ । सहकारीका संचालकहरुलाई पक्राउ गरेपछि उनीहरु विरुद्ध मोरङ प्रहरीमा ठगीमा उजुरी दिने बचतकर्ताको संख्या बढ्दै गएको छ । बुधबार साँझसम्म १ हजार २ ५८ जनाले उजुरी दिएका छन् । अपचलन भएको रकम ४९ करोड आसपास पुगेको छ ।

सर्वसाधरणले बचत गरेको रकम अपचलन आरोपमा अध्यक्ष शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान भईरहेको छ । सहकारीका संचालकहरुले २१ हजार ७१३ जना सर्वसाधरणको जम्मा गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उजुरी दिन आउने मोरङको मात्र हो । झापा, सिराह र गाइघाटको विवरण आउनै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्