विराटनगरका स्थानीय महिला जनप्रतिनिधीहरुलाई नेतृत्व विकास तालिम

विराटनगरका स्थानीय महिला जनप्रतिनिधीहरुलाई नेतृत्व विकास तालिम

विराटनगर । विराटनगर महानगरपालीकाका १९ वटै वडाका महिला जनप्रतिनिधीलाई नेतृत्व तथा क्षमता अभिवृद्धी तालिम प्रदान गरिएको छ ।

जागरण महिला विकास श्रोत केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा सञ्चालित ३ दिने नेतृत्व तथा क्षमता अभिवृद्धी तालिम प्रादन गरिएको हो ।

३ दिवसीय नेतृतव तथा क्षमता अभिवृद्धी तालिममा उद्घोषण नेतृत्व विकास , कानुनका कुराहरु स्थानिय सरकार संचालन एैन र करका कुराहरुमा तालिम प्रदान गरिएको जागरण महिला विकास श्रोत केन्द्र विराटनगरकी संयोजक प्रतिक्षा बस्नेतले जानकारी दिए ।


शान्ति लामा पाख्रिनले ३ दिन सम्म सहजीकरण गरेको तालिममा ३८ जना प्रशिक्षार्थी सहभागी थिए रहेका थिए । चैत ६ गतेबाट सुरु भएको तालिम बुधबार समापन भएको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फ बोल्दै अन्जु दाहालले तालिमबाट नेतृत्व विकास मात्र हैन महिला जनप्रतिनीहरुलाई एक अर्कामा भेटघाट तथा चिनजान गर्ने बातावरण समेत मिलेको बताए ।

समापन कार्यक्रम विराटनगर महानगरपालीका उप-प्रमुख शिल्पा निराला कार्की , विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिथेन्द्र न्यौपाने , जागरण महिला विकास श्रोत केन्द्र विराटनगरकी अध्यक्ष मिरा साहले तालिममा सहभागी महिला जनप्रतिनीधीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्