राजवंशी समाजद्धारा राष्ट्रिय क्रिकेटर खेलाडी ललित राजवंशीलाई सम्मान

राजवंशी समाजद्धारा राष्ट्रिय क्रिकेटर खेलाडी ललित राजवंशीलाई सम्मान

विराटनगर । राष्ट्रिय क्रिकेट खेलाडी ललितनारायण राजवंशीलाई विराटनगरमा सम्मान गरिएको छ ।

राजवंशी समाज विकास केन्द्रिय समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट खेलाडी राजवंशीलाई सम्मान गरेको हो । ललितले विश्वकप लिग–२ श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेर महत्वपुर्ण भुमिका निर्वाह गरेका खेलाडी हुन् । राजवंशी समाजको नाम अहिले उच्चमा राखेको भन्दै ललितनारायाणलाई सम्मान गरिएको राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो ।


‘राजवंशीको छोराले अहिले देश तथा विदेशमा नाम कमाउन सफल भएको छ ,अध्यक्ष राजवंशीले भने, जसले गर्दा राजवंशी समाज पनि धेरै नै हर्षित र आभारी छौँ।’ सम्मान कार्यक्रममा समितिका केन्द्रिय सचिव राजकुमार राजवंशी, जिल्ला अध्यक्ष रमेश कुमार राजवंशी, नगर अध्यक्ष बसन्त कुमार राजवंशी लगायत राजवंशी समाजका अगुवा तथा युवाहरुको सहभागिता रहेको थियो । उनीहरु सबैले खेलाडीलाई फुल र अभिर लगाएर आगामस्ी दिनका लागी हौसला प्रदान समेत गरे । यसैविच रगैली रोडमा रहेको विग हस्पिटलले समेत प्रमाणपत्र सहित सम्मान गरेको छ ।

विराटनगर महानगरपालिका १४ मा सामान्य परिवारमा हुर्किएका ललित बाल्यकालदेखि नै क्रिकेट खेलमा अब्बल रहेका थिए । ललितले २०१४ देखि व्यवसायिकरुपमा क्रिकेट खेल्न सुरु गरेको थिए । उनले २०१८ देखि नेपालको सिनियर टिममा डेब्यु गरेका हुन् । पहिलो खेल जिम्बावेसँग अन्तराष्ट्रिय एक दिवसीय खेल खेलेका छन् ।

राजवंशीलाई प्रदेश सरकार र विराटनगर महानगरपालिकाले समेत नगद सहित सम्मान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्