सामसङले ग्यालेक्सी ए ३४ र ए ५४ नेपाली बजारमा ल्याउँदै

सामसङले ग्यालेक्सी ए ३४ र ए ५४ नेपाली बजारमा ल्याउँदै

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी नेपाल ल्याउने भएको छ।

यी स्मार्टफोनहरुमा तीनवटा लेन्सयुक्त रेयर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषता छन्। ग्यालेक्सी ए३४ फाइभजीमा ४८ मेगापिक्सेल प्राइमरी क्यामरा र २ मेगापिक्सेल म्याक्रो लेन्स जडान गरिएको छ। ग्यालेक्सी ए५४ फाइभजीमा भने ५ मेगापिक्सेल म्याक्रो लेन्ससहित ५० मेगापिक्सेलको प्राइमरी क्यामरा जोडिएको कम्पनीले जनाएको छ।

दुवै फोनमा ८ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स जडित छ। दुवै स्मार्टफोनमा १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ।

पानी र धुलो प्रतिरोधक आइपी ६७ र कर्निङ गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङको सिग्नेचर नक्स सेक्युरिटीको स्मार्टफोन डिजाइन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्