विराटनगरमा दुर्गा प्रसाईको महाअभियानको टोली शुक्रबार आउने

विराटनगरमा दुर्गा प्रसाईको महाअभियानको टोली शुक्रबार आउने

विराटनगर । सामाजिक अभियान्तको रुपमा आफुलाई प्रस्तुत गर्दै आएका दुर्गा प्रसाईको महाअभियानको टोली शुक्रबार विराटनगरमा आउने भएको छ ।

राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको टोली शुक्रबार महेन्द्र चौकमा आमसभाको तयारी रहेको छ । पहिलो संघीयता खारेज गर्नुपर्ने,दोस्रो, धर्मनिरपेक्षताको साटो वैदिक सनातन राज्य बनाउनुपर्ने, तेस्रो, देशमा गरिखान पाउने व्यवसायीक वातावरण दिनुपर्ने लगायतका माग राख्दै आएका प्रसाईको महाअभियान विराटनगर आउने भएको हो । प्रसाईको महाअभियान गते १ फागुनबाट सुरु भएको थियो ।

मेचीको पुलमा गुरुहरुको हातबाट नौमुखे दियो बालेर अभियानको उद्घाटन गरी अहिले देशव्यापी रुपमा अभियान संचालन गर्दै आाएका छन् । शुक्रबार दिउँसो १ बजे बाट विराटनगरमा हुने कार्यक्रममा दुर्गा प्रसाईसँगै अन्य केही वक्ताहरुले बोल्ने कार्यक्रम तय भएको महाअभियानका विराटनगर संयोजक सतिस पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्