विराटनगरको गेटवेल अस्पतालमा ठुलो आन्द्राको सफल शल्यक्रिया

विराटनगरको गेटवेल अस्पतालमा ठुलो आन्द्राको सफल शल्यक्रिया

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गेटवेल हस्पिटलमा एक जना बिरामीको ठुलो आन्द्राको सफल शल्यक्रिया भएको छ । सप्तरीको ३७ वर्षीय कौसलीया देवी चौधरीको गेटवेल अस्पतालमा सफल शल्यक्रिया भएको हो ।

पेट साह्रै दुखाइ भएपछि उनी २९ फागुनमा गेटवेल अस्पताल आएकी थिइन् । अत्यधिक पीडा भएपछि पेट पोल्ने, वान्ता हुने र दिशा नहुने समस्याले उनी ग्रस्त थिइन् । अस्पताल आएपछि गेटवेल अस्पतालका सर्जन डक्टहरू सरोज राजवंशी, डा, संजीव मण्डल र लभ कुमार मण्डलको टिमले ठुलो आन्द्रामा रहेको गाठाको सफल शल्यक्रिया गरी निकालेको छ । ६ घण्टा लामो शल्यक्रिया गरेपछि उपचार सफल भएको उपचारमा संलग्न चिकित्सक संजीव मण्डलले बताए । शल्यक्रिया गरेपछि बिरामी ठिक हुँदै गएको छ । बिरामीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार आएकोले हस्पिटलले डिस्चार्ज दिने तयारी गरेको छ ।

सफल उपचार पछि अहिले चौधरी राम्रोसँग हिँडडुल गर्नसक्ने भएकी छिन । ‘पेट दुखेर साह्रो भएको थियो । उपचार पछि अहिले राम्रोसँग डहिहुल गर्न पाएको छु,’ उनले भनिन्, ‘यो हस्पिटलका चिकित्सकको टिमले पुन जन्म दिनुभयो । उपचार संलग्न चिकित्सकप्रति कृतज्ञ भएको छु ।’
यसअघि पनि गेटवेल हस्पिटलले बिरामीको जटिल उपचार गरी बिरामीको मन जित्न सफल हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्