विराट टिचिङमा स्तन क्यान्सरको सफल उपचार

विराट टिचिङमा स्तन क्यान्सरको सफल उपचार

विराटनगर । उनी बिरामी जस्तौ बिल्कुलै देखिएकी थिइनन् । सायद उपचारपछि घर जाने हर्षले होला उनको अनुहारमा चमक बेग्लै थियो । एकपटक मृत्युको मुखमा पुगेर फर्किएकी मोरङ लेटाङ निवासी ४५ वर्षिय परिवर्तन राई विराट मेडिकल कलेजदेखि डिस्चार्ज भएर घर फर्किन लाग्दा बाँकी उमेर हाँसीहँसी जिउन सक्ने आँट पलाएको छ ।

दश महिना अघिदेखि स्तन क्यान्सरले थलिएकी उनी उपचार पछि सामान्य अवस्थामा फर्किएकी हुन् । त्यसो त उनलाई सुरुवातका दिनमा आफूलाई स्तन क्यान्सरले च्यापेको छ भन्ने थाहा नै थिएन । विराट टिचिङ आएपछि आफूलाई क्यानसर लागेको भन्ने पत्तो पाएको उनले सनुाइन् । आफू क्यान्सर पीडित भएको पत्तो पाउदा सुरुका दिनहरुमा उनको मन नआत्तिएको पनि होइन । तर मनलाई बलियो बनाएर उपचार प्रक्रियामा लागको उनले सुनाइन् ।

‘१० महिनादेखि विरामी भएको गिर्खा आउँदै हराउँदै गर्दथ्यो, उपचारका लागि अस्पताल आएपछि रोग पत्ता लाग्यो,’उनले भनिन्,‘ यस्तो रोग लागेको थाहा भएन विराट टिचिङ अस्पतालले पत्ता लाग्यो, अस्पतालमा आएर उपचार पनि राम्रो भयो ।’ पहिला क्यान्सर रोग लागेको सुन्दा नरमाईलो लगोको बताउने उनी भन्छिन्,’क्यान्सर उपचार गरे निको हुनेरहेछ ।
डा. शिवराज शर्माले सुरुवात देखि राम्रोसँग उपचार गरेको बताउने उनी आफू डिस्चार्ज गरेर घर फर्कदै गर्दा पुर्नजन्म पाए झैँ महशुस भएको बताइन् ।
विराट मेडिकलले नै क्यानसरको उपचार सुरु गरे देखियता उपचारका लागि भरतपुर पुग्न नपरेको समेत बताइन् । आफ्नै जिल्लामा क्यान्सरको उपचार सुरु हुँदा सहज भएको र आर्थिकभार पनि कम भएको उनी बताउछिन् ।

उपचारको क्रमा परिवारको बलियो साथ र अस्पतालका डा. शर्माको उपचार गर्ने फरक शैली पनि आफू निको भएको बताउने उनी रोगसँग लड्नुलाई हिम्मत हार्नु नहुने बताउछिन् । स्तन क्यानसरबाट बच्न बेला मौका स्वास्थ्य जाँच गराइ रहेनुपर्ने समेत उनी सुझाव दिन्छिन् ।
उनले अस्पतालमा स्तन क्यानसर मासुको जाँच गरेर प्रमाणित भएको हप्तामा तीन देखि ४ जनासम्म बिरामी आउने गरको जानकारी दिए ।
क्यान्सरको उपचार गर्दा अन्तराष्ट्रिय गाइडलाइन अनुसार नियम पूर्वक फलो गर्ने गरेको बताउदै उनले त्यसैले बिरामीको उपचारमा सफलता मिलेको बताए ।

‘ शल्यक्रिया मात्रै होइन विधिवत कुराले गाँठागुठीहरु सबै निकाल्नुपर्ने हुन्छ अर्को महत्वपूर्ण पाटो, क्यान्सर अरु ठाँउमा फलिएको छ कि छैनन् भन्ने जाँचको पार्ट मासुको जाँच सहि तरिकाले हुनुपर्छ,’ उनले भने,‘त्यो जाँच गराउदा कुन हानिकार छ छैन त्यो पनि जाँच गर्नुपर्छ त्यो एडिसनल जाँच सबै गरिहरको हुन्छौ, क्यान्सरको उपचारका तीनवटा विधि रहेकोछ शल्यक्रिया केमो र सेकाइ, हो ।’ उनले हरेक क्यान्सरको बिरामीको उपचार गर्नुभन्द अगाडी विराट क्यन्सरको सबै विशेषज्ञ बसेर उपचारको योजना बनाउने र त्यो टिममा बिरामीको समस्याको विषयमा छलफल गर्ने गरेको उनले बताए ।

‘हामी उपचारको योजना बनाउ छौँ त्यो योजनामा छलफल भएअनुसार पहिले शल्यक्रिया गर्ने की , केमो थेरापी दिने या सेकाइ एउटा निचोड निस्किएपछि एउटा योजना बनाउछौँ ’ उनले भने‘, योजन अनुसार नै हामीले उपचार गर्ने गरेका छाँै , अन्तराष्टिय गाइडलाईन फलो र्छौ र नतिजा पनि अन्तराष्ट्रिय स्तरको नै दिएका छौँ, यो नै हाम्रो सफलताको रहस्य हो ।,’
अस्पतालमा स्तन क्यानसरको १० वटा शल्यक्रिया मध्ये परिवर्तको एकदम जटिल रहेको डा। शर्माले जानकारी दिए । उपचारपछि बिरामी हासेर घर फर्किदा आफ्नो लागि र संस्थाको लागि खुशीको कुरा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्