विराट गोल्डकप : पहिलो पटक सहिद मैदानमा उत्रदै छ जावलाखेल

विराट गोल्डकप : पहिलो पटक सहिद मैदानमा उत्रदै छ जावलाखेल

विराटनगर । विराट गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लब खेल्ने छन् । विराटनगरको सहिद मैदानमा रात्रिकालीन गोल्ड कपमा ७ बजेदेखि खेल सुरु हुनेछ ।

विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सातौँ संस्करणमा पहिलो पटक जावालाखेल मैदान उत्रन लागेको हो । ए डिभिजन लिग खेल्दै आएको जावलाखेललाई पहिलो पटक मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता विराट गोल्ड कप खेल्न भित्र्याइएको हो ।

आर्मी पाँचौँ संस्करणको विराट गोल्ड कपको उपविजेता टिम हो । २०७४ मा भएको गोल्ड कपमा आर्मी थ्रिस्टारसँग फाइनलमा ३–० गोलले पराजित भएको थियो ।

दुवै टोलीसँग ए डिभिजनमा उत्कृष्ट प्रदर्शन गरेका टिम हुन् । बिहीबार भएको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ । आज भएको दोस्रो क्वाटर फाइनल खेलको विजेता टिम घरेलु टोली विराटनगर सिटीसँग सेमिफाइनलमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्