विराट गोल्डकप २०७९ : त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबको खेल सुरु

<span class='c1'>विराट गोल्डकप २०७९ : त्रिभुवन आर्मी</span> <span class='c2'>र जावलाखेल यूथ क्लबको खेल सुरु</span>

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लब खेल सुरु भएको छ ।

विराटनगरको सहिद मैदानमा रात्रिकालीन गोल्डकपमा त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबको खेल ७ बजेदेखि सुरु भएको हो ।

विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सातौँ संस्करणमा पहिलो पटक जावालाखेल मैदान उत्रिएको हो । ए डिभिजन लिग खेल्दै आएको जावलाखेललाई पहिलो पटक मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता विराट गोल्ड कप खेल्न भित्र्याइएको हो ।

आर्मी पाँचौँ संस्करणको विराट गोल्ड कपको उपविजेता टिम हो । विस २०७४ मा भएको गोल्ड कपमा आर्मी थ्रिस्टारसँग फाइनलमा ३–० गोलले पराजित भएको थियो ।

दुवै टोलीसँग ए डिभिजनमा उत्कृष्ट प्रदर्शन गरेका टिम हुन् । बिहीबार भएको उद्घाटन खेलमा नेपाल प्रहरीलाई ०-१ गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी एफसी अन्तिम चारमा पुगेको छ ।

आज भएको दोस्रो क्वाटरफाइनल खेलको विजेता टिम घरेलु टोली विराटनगर सिटी एफसीसँग सेमिफाइनलमा खेल्नेछ ।

यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ ।

पूर्वमा नेपाली फुटबलकाे सानका रूपमा रहेको विराट गाेल्डकप प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ । क्वाटरफाइनल खेलसम्म २०० रुपैयाँ प्रतिगोटा टिकट दर तोकिएको छ । त्यसपछिका खेलका लागि खल्ती एप प्रयोग गरेर खरिद गर्दा ४०० र रंगशालामा खरिद गर्दा ५०० दर तोकिएको छ । प्रतियोगिता आयोजना गर्न २ करोड ५० लाख खर्च अनुमान गरिएको छ ।

विराटनगरमा २०१८ सालदेखि हुँदै आएको महेन्द्र गोल्डकपको रुपान्तरिक संस्करण विराट गोल्डकप २०५७ सालदेखि सुरु भएको हो । विराट गोल्डकपको यो सातौं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्