विराट गोल्डकप : खेलको अन्तिम चरणमा पनि त्रिभुवन आर्मी र जावलाखेल बराबरी

विराट गोल्डकप : खेलको अन्तिम चरणमा पनि त्रिभुवन आर्मी र जावलाखेल बराबरी

विराटनगर । शाहीद रंगशालामा जारी विराट गोल्डकपमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

खेलको अन्तिम चरणमा पनि दुवै टिकले गोल गर्न सकेका छैनन् ।

अतिरिक्त समयको खेलमा सकिन लाग्दा समेत त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लब ०-० को बराबरीमा रहेको छ ।

भोलि एपीएफ क्लब र डुक लयुल फुटबल क्लब बीच प्रतिस्पर्धा हुने छ ।

यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ ।

प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ । क्वाटरफाइनल खेलसम्म २०० रुपैयाँ प्रतिगोटा टिकट दर तोकिएको छ । त्यसपछिका खेलका लागि खल्ती एप प्रयोग गरेर खरिद गर्दा ४०० र रंगशालामा खरिद गर्दा ५०० दर तोकिएको छ । प्रतियोगिता आयोजना गर्न २ करोड ५० लाख खर्च अनुमान गरिएको छ ।

विराटनगरमा २०१८ सालदेखि हुँदै आएको महेन्द्र गोल्डकपको रुपान्तरिक संस्करण विराट गोल्डकप २०५७ सालदेखि सुरु भएको हो । विराट गोल्डकपको यो सातौं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्