विराट गोल्डकप :आजको खेल एपीएफ र भुटानको क्लबबीच, गायिका एलिनाले सांगीतिक प्रस्तुति दिने

विराट गोल्डकप :आजको खेल एपीएफ र भुटानको क्लबबीच, गायिका एलिनाले सांगीतिक प्रस्तुति दिने

विराटनगरमा जारीरहेको विराट गोल्डकपमा आज शनिबार विभागीय टिम एपीएफ र भुटानको डुक लयुल फुटबल क्लव बीच खेल हुनेछ । खेल साँझ ७ बजेबाट विराटनगरको सहिद मैदानमा सुरु हुने छ ।

आजको खेल अघि मनोरञ्जनको लागि नेपाली लोकप्रिय कलाकार एलिना चौहानको सागीतिक प्रस्तुति रहने छ । उनीले बेलुकी ५ बजे प्रस्तुति दिनेछिन ।

एलिनाका "धोकेबाज' ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् ।

यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ ।

पूर्वमा नेपाली फुटबलकाे सानका रूपमा रहेको विराट गाेल्डकप प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । खेल हेर्नको लागि टिकेटिङ्ग पार्टनर रहेको खल्ती एपमा गएर वा खेल स्थलमा समेत टिकट लिन सकिने छ  । क्वाटरफाइनल खेलसम्म २०० रुपैयाँ प्रतिगोटा टिकट दर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्