नयाँ सफ्टवेयर निर्माणको लागी विराटनगरमा ‘सिस्नोभेट आईएन्सी’ संचालनमा

नयाँ सफ्टवेयर निर्माणको लागी विराटनगरमा ‘सिस्नोभेट आईएन्सी’ संचालनमा

विराटनगर । विराटनगरका आईटी ईन्जिनियर गरेका युवाहरुद्धारा नयाँ नयाँ प्रविधीका सफ्टवेयर निर्माणको लागी ‘सिस्नोभेट आईएन्सी’ आईटी कम्पनी संचालनमा ल्याएका छन् ।
डिजिटल प्रविधीको विकाससँगै विभिन्न क्षेत्रको लागी नयाँ प्रविधीयुक्त सफ्टवेयर कम्पनी विराटनगरका आईटी ईन्जिनियर नितिस कुमार सिंहको समुहले ‘सिस्नोभेट आईएन्सी ’ प्रालि लिमिटेड आईटी कम्पनी संचालनमा ल्याएका हुन् ।


विराटनगर ट्राफिक चौक दक्षिणमा रहेको ‘सिस्नोभेट आईएन्सी ’आईटी कम्पनीको विराटनगरका पुर्व मेयर तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले उद्घाटन गर्नुभएको थियो ।
‘सिस्नोभेट आईएन्सी ’ले विश्वव्यापी ग्राहकहरूलाई अत्याधुनिक डिजिटल समाधानहरू प्रदान गर्दै आएको छ । ‘सिस्नोभेट आईएन्सी ’ ले डिजिटल युगमा आफ्ना व्यवसायहरू छिटो छरितो बनाई सेवाहरू प्रदान गर्ने माध्यम रहेको बताइएको छ ।
दक्ष र अनुभवी आईटी ईन्जिनियरहरुको टोलीले ‘सिस्नोभेट आईएन्सी ’को माध्यमबाट वेब विकास, , सामाजिक मिडिया मार्केटिङ, एप विकास, सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, र थप सहित आईटीका सेवाहरू प्रदान गरिने संचालक नितिस कुमार सिहले जानकारी दिनुभयो ।
विशेषगरी स्कुल तथा कलेज र साना–ठुलो घरेलु उद्योग कलकारखानाको लागीको सफ्टवेयर निर्माण गरि तिनीहरुको व्यापार व्यावसायमा ठुलो मदत पुग्ने हुदाँ ‘सिस्नोभेट आईएन्सी आईटी कम्पनी संचालनमा ल्याएको सिंहले बताउनुभयो ।


साथै आगामी दिनमा ई कमर्स र आटिफिसियल ईन्टीलेजेन प्रयोग गरी ई कमर्स अन्तराष्ट्रिय स्तरमा लन्च गर्ने योजना रहेको सिहले दावी गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी भीम पराजुलीले अहिले डिजिटल युगमा युवाहरुको समुहले विराटनगरमा ल्याएको यो नयाँ प्रविधीयुक्त कम्पनीलाई विशेष धन्यवाद दिनुभयो । उहाँले विराटनगर शहरलाई पनि स्मार्ट तरिकाको बनाउन ‘सिस्नोभेट आईएन्सी आईटी कम्पनीले विशेष भुमिका खेल्नुपर्नेमा जोडदिनुभयो । यसका लागी आफ्नो तर्फबाट सदैभ सहयोग गर्ने समेत पराजुलीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


‘सिस्नोभेट आईएन्सीका संचालकहरुमा नितिस कुमार सिह ,देवराज साह , शुलभ पराजुली लगायतको समुह रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्