विराटनगरमा १५ दिने व्युटिपालर सम्बन्धी तालिम सम्पन्न

विराटनगरमा १५ दिने व्युटिपालर सम्बन्धी तालिम सम्पन्न

विराटनगर । घरमा बसेका वेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाई रोजगारी बनाउने उदेस्यका साथ प्रदान गरिएको व्युटिपालर सम्बन्धी १५ दिने तालिम सम्पन्न भएको छ । पुनर्जागरण मञ्च विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीका वडा नम्बर ७ को आर्थिक सहयोगमा संचालित १५ दिने व्युटिसियन तालिम शुक्रबार सम्पन्न भएको हो ।
वडा भित्र बसोबास गर्दै आएका मध्यम बर्गिय गृहणी महिलाहरुको लागी आयोजना गरिएको १५ दिने व्युटिपालर सम्बन्धीको तालिममा २० जना सहभागी रहेका थिए ।
पुनर्जागण मञ्च विराटनगरकी अध्यक्ष प्रभा आचार्यका अनुसार घरमा बसेका महिला दिदिबहिनीहरुको लागी आत्मनिर्भर बनाई रोजगारी सिप विकास प्रदान गरिएको छ । आगामी दिनमा थप व्युटिसियन सम्बन्धी तालिम प्रदान गरी क्षमताअभिवृद्धी गर्दै लैजाने समेत अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
गत फागुन २६ गतेदेखी चैत १० गते सम्म संचालन भएको तालिमको प्रशिक्षक व्युटिसियन यदुमा राई रहेकी थिईन् । समापन कार्यक्रमममा वडा नम्बर ७ का वडा अध्यक्ष मधुबाबु तिवारी , मञ्चकी अध्यक्ष प्रभा आचार्य प्रशिक्षक यदुमा राईले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । वडा अध्यक्ष मधुबाबु तिवारीले तालिममा सिकेका सिपलाई व्यावहारमा उर्तान समेत तालिमका सहभागिहरुलाई अनुरोध गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्