विश्व छारेरोग दिवसको अवसरमा विराटनगरमा सचेतना र्‍याली

विश्व छारेरोग दिवसको अवसरमा विराटनगरमा सचेतना र्‍याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्‍याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्‍याली निकालेको हो ।

न्यूरो हस्पिटलदेखि सुरू भएको र्‍यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

‘छारे रोग बारे घर- घर, टोल टोलमा कुरा गरौ, छारे रोग सरुवा रोग होइन्, समयमै उपचार गरे छारे रोग ठिक हुन्छ, लगायतका प्लेकार्डसहित सचेतना र्‍यालीमा सहभागि रहेका थिए ।

विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्ता दिनसम्म निःशुल्क ओपीडि सेवा सुरु गरेको छ । चैत १२ देखि १७ गतेसम्म छारे रोग सम्बन्धि उपचार सेवाको लागि हस्पिटलले ओपीडि सेवा निःशुल्क राखेको छ । स्वास्थ्य जाँच गरिएका विरामीहरुको लागि औषधी पनि वितरण गरिने हस्पिटलले जनाएको छ ।

न्युरो हस्पिटलले प्रत्येक वर्ष विश्व छारे रोग दिवसमा सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । समयमै उपचार गरौं, छारे रोगबाट बचौं भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतना मुलक कर्यक्रम गर्दै आएको छ । यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरुमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्यूरो हस्पिटल अग्रसर भएर लागी पर्दै अभियान सुरू गर्ने गरेको छ । २२ वर्षदेखि निरन्तर न्यूरो हिस्पटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रभाह गरेको कारणले यो अस्पताल विरामीहरूको लागि रोजाइको पहिलो गन्तब्य बन्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्