विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विराटनगरमा दन्त शिविर

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विराटनगरमा दन्त शिविर

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतनामूलक अभियान तथा दन्त शिविरको आयोजना गरिएको छ ।

नेपाल डेन्टल एशोसिएसन मोरङको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा आईतबार सचेतनामुलक अभियान तथा दन्त शिविर गरिएको हो।
विश्व मुख दिवसको अवसर पारेर एक हप्ता भरी सप्ताहव्यापी सचेतना मूलक कार्यक्रम गरी दिवश मनाइएको नेपाल डेन्टल एशोसिएसन मोरङकी अध्यक्ष प्रेक्षा दलिले जानकारी दिईन । गत चैत ६ देखि शुरु भएको सप्ताहव्यापी अभियान आईतबार सम्पन्न भएको हो ।

सचेतनामूलक कार्यक्रम विराटनगरमा ¥याली निकालेर सुरुवात गरिएको थियो । सप्ताह अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरीएको थियो । विराटनगरसहित मोरङ जिल्लाभरी रहेका डेन्टल हस्पिटल र क्लिनीकहरुमा ज्येष्ठ नगारिकहरुको दन्त चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य उपचार गरिएको थियो ।

सप्ताहको अन्तिम दिन विराटनगर महानगरपालिकाको सभाहलमा आयोजना गरिएको दन्त शिविरमा १२५ जनाको निःशुल्क दन्त स्वास्थ्य परीक्षण गरिएको नेपाल डेन्टल एशोसिएसन मोरङकी सचिव डा मिरा आचार्यले जानकारी दिईन । दन्त शिविरमा महानगरपालिकाका मेयर तथा उपमेयर र कर्मचारीहरु दाँत तथा मुख परीक्षण गरिएको थियो ।

उनीहरुलाई आवश्यक अनुसार औषधी समेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्