बाल संसार मन्टेश्वरीको ८ औँ वार्षिकत्सवमा विविध कार्यक्रम

बाल संसार मन्टेश्वरीको ८ औँ वार्षिकत्सवमा विविध कार्यक्रम

विराटनगर । विराटनगर–५ चाँदनी दक्षिणमा रहेको बाल संसार मन्टेश्वरी स्कुलले विभिन्न कार्यक्रम गरी ८ औं वार्षिकोत्सव मनाएको छ ।

हाटखोलास्थित आरोहण गुरुकूलमा शनिबार एक कार्यक्रमको आयोजना गरी विविध सास्कृतिक कार्यक्रम गरी वार्षिकउत्सव मनाएको हो ।

कार्यक्रममा शिक्षक तथा स–साना विद्यार्थीले गीत, नृत्य, नाटक र करातेका कला प्रस्तुत गरेका थिए ।

प्याब्सन विराटनगर महानगर समितिका अध्यक्ष मोहन बुढाथोकीको उपस्थितिमा भएको सो कार्यक्रममा अभिभावक, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको मन्टेश्वरीका प्राचार्य खड्गबहादुर राईले जानकारी दिनुभयो ।

स्कुलले बालबालिकाहरुको पढाईका अलवा अतिरिक्त क्रियाक्लापहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्