विराट गोल्डकपमा आज रचना रिमाल आउने

विराट गोल्डकपमा आज रचना रिमाल आउने

विराटनगर । पछिल्लो समय युवा पुस्ता माझ अत्याधिक रुचाइएकी गायिका रचना रिमाल आज विराट गोल्डकपमा आउने भएकि छिन् ।

विराटनगरको सहिद मैदानमा जारी रात्रिकालीन गोल्डकपमा सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन विराट गोल्डकपमा आउने भएकी हुन्।

गायिका रिमालले टिकटकलगायत सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको ‘फोटो फिरीममादेखि उनको प्रीति, एक चिम्टी सिँदुर, मिनरल वाटर,‘भन साइँला’ लगायतका थुप्रै गीत चर्चित छन् ।

प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ । आयोजकले सेमिफाइनल खेलको टिकट दर परिमार्जन गरेर ५०० बाट ३०० रुपैँया कायम गरेको छ । विराट गोल्डकपका सह–संयोजक शुभासिश कोइरालाले दर्शकहरुको माग अनुसार टिकट दर घटाइएको जानकारी दिएका हुन् । प्रतियोगिता आयोजना गर्न २ करोड ५० लाख खर्च अनुमान गरिएको छ ।

विराटनगरको सहिद मैदानमा रात्रिकालीन गोल्डकपमा पहिलो सेमिफाइनलको खेल आज घरेलु टिम विराटनगर सिटी एफसी र जावलाखेल यूथ क्लबबीचको खेल ६:४५ बजेदेखि सुरु हुनेछ ।

भोलि हुने दोस्रो सेमिफाइनलको खेल सशस्त्र प्रहरी बल (एपीएफ) र लुका सकर क्लब केरलाबीच हुनेछ।

आगामी चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । नेपालका तीन विभागिय क्लब एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब, संकटा, जावालाखेल र आयोजक विराटनगर सिटी एफसी, भारत केरलाको लुका सकर, भुटानको ड्रुक लयुल फुटबल क्लबले सहभागिता जनाएका छन् ।

यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्