विराटनगरमा चैत १८ गते चारसय सहभागिको एकसाथ दौड : शान्ति र अहिंसाका लागि विश्वसँग सहभागिता

विराटनगरमा चैत १८ गते चारसय सहभागिको एकसाथ दौड : शान्ति र अहिंसाका लागि विश्वसँग सहभागिता

विराटनगर । विराटनगरमा चैत १८ गते शनिबार शान्ति र अहिंसाका लागि म्याराथुन हुने भएको छ । जैन इन्टरनेशनल ट्रेड अर्गनाईजेशन (जीतो लेडिज जैन) विराटनगरले म्यराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

जीतो लेडिज जैन विराटनगरका अध्यक्ष सन्तोष जैनका अनुसार चारसय सहभागीले एकसाथ म्याराथुनमा सहभागिता जनाउने छन् । विराटनगर मात्रै नभई विश्वभर यो कार्यक्रम जैन इन्टरनेशन ट्रेड अर्गनाईजेशनले आयोजना गर्नेछ । एकैदिन एकसाथ बिहान ५ः३० बजे दौड प्रतियोगिता सुरु गरिने अध्यक्ष जैनले जानकारी दिइन् । यो कार्यक्रम विश्वका २३ देशका ५५ शहरमा एकसाथ आयोजना गरिने भएको हो ।

सहभागिले खल्ती एपबाट रजिष्ट्रेशन हुन सक्ने सुविधा रहेको छ । एपमा प्रवेश गरेर क्यूआरकोडमार्फत ३, ५ र १० किलोमिटर दौड प्रतियोगिता रजिष्ट्रेशन हुनुपर्नेछ । विराटनगरमा चारसय सहभागिको लक्ष्य राखिएकोमा ३०० जनाले दर्ता स्वीकृति लिइसकेका छन् । विश्वभरमा हालसम्म एकलाख १० हजारले शान्ति र अहिंसाको म्याराथुन दौडमा भाग लिन रजिष्ट्रेशन गराईसकेको अध्यक्ष जैनको दावी छ ।

प्रतियोगिताको १० किलोमिटर दुरीमा प्रथम पुरुष÷महिला लाई २१ हजार नगद राशीको पुरस्कार प्रदान गरिने छ । यस्तै ५ किलोमिटर दुरीमा प्रथम हुने पुरुष÷महिलालाई ११ हजार नगद राशीले पुरस्कृत गरिने छ । यो प्रतियोगितामा सहभागिहरुलाई खुल्ला रुपमा आवेदन मागिएको छ ।
कार्यक्रम आयोजनाका लागि जिल्ला प्रशासन कार्यालय मोरङले स्वीकृत दिईसकेको अध्यक्ष जैनले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार भईसकेको र दौडका लागि आवश्यक सडक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पत्राचार गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्