विराटनगर । वाई–फाई नेपाल प्रा.लि ले विराटनगरमा आफ्नो सेवा विस्तार गरेको छ ।
ईन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरुमा विस्तार गर्ने उद्देश्यका साथ विराटनगरमा सोमबारबाट आफ्नो सेवा विस्तार गरेको हो ।
विराटनगर– ९ महेन्द्र चोक, पुष्म मार्गमा शाखा कार्यालय समेत उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले गरेका थिए । कार्यालयको उद्घाटन गर्दै सो कम्पनीले आफ्नो सेवालाई थप गुणस्तरीय र सेवा उन्मुख बनाउने बताइएको छ।
काठमाडौँ र पोखरा हुँदै सुनसरी जिल्लाको इटहरी र धरानमा सफलता पूर्वक सेवा प्रदान गर्दै आइरहेको कम्पनीका कार्यकारी अधिकृत सत्रुधन पञ्जियारले दाबी गरे । ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहको बताउदै उनले पूर्वी नेपालको प्रमुख शहर इटहरी, धरानबाट सुरु हुँदै विराटनगरमा समेत सुचारु गर्न पाएकोमा वाईफाई नेपाल उत्साहित भएको बताए ।
पूर्वका थप शहरहरुमा समेत सेवा विस्तार गर्ने योजना रहेको उनले बताए । ‘पूर्वका थप शहर तथा गाँउहरुमा पनि छिट्टै नै आफ्नो सेवा विस्तार गर्ने योजना रहेको छ,’उनले भने,‘नेपालमा थप धेरै ग्राहकहरुलाई भरपर्दो इन्टरनेट सेवा पु¥याउने तथा थप विस्तारका कामहरु गर्ने कम्पनीको उद्देश्य रहेको छ।’
छिटो, सस्तो तथा भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदान गरिँदै आएको कम्पनीको दाबी छ । घरायसी तथा व्यापारिक ग्राहकका आवश्यकतालाई मध्यनजर गर्दै थुप्रै अफर तथा इन्टरनेटका प्याकेजहरु ल्याइएको वाईफाई नेपालले जनाएको छ । अहिले ५० एमबीपीएस स्पिडमा इन्टरनेट शुल्क प्रतिमहिना ३३३ रुपैयाँ तथा ८० एमबीपीएस स्पिडमा ५ सय रुपैयाँ लाग्ने वाईफाई नेपालका कार्यकारी अधिकृत पजिंयारले बताए ।