विराटनगरमा दोस्रो संस्करणको मिल्स क्रिकेट प्रतियोगिता हुने

<span class='c1'>विराटनगरमा दोस्रो संस्करणको मिल्स</span> <span class='c2'>क्रिकेट प्रतियोगिता हुने</span>

विराटनगर । विराटनगरमा आगामी चैत्र १५ बाट दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगिता हुने भएको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आउदो चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितमा भारतको ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागि हुने मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको अध्यक्ष मुरली चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको उद्घाटन दिनको खेल भारत जोगवनीको रोशान्त क्रिकेट क्लब र विराटनगरको होरिजन क्रिकेट क्लब बिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । उपविजेताले ६१ हजार रुपैयाँ पाउँने छन् । म्यान अफ द सिरिज हुने खेलाडीले नगद १५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले ११ हजार, उदयमान खेलाडीले ५ हजार रुपैयाँ पाउँने छन् ।

यस्तै दैनिक म्यान अफ द म्याच हुने खेलाडीले एक हजार १ सय रुपैयाँको साथै आर्षकण गिफट ह्याम्पर प्राप्त गर्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । क्रिकेट प्रतियोगिताको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता गर्दै आएको उनले बताए । ‘खेल क्षेत्रको विकास गर्ने उद्देश्यले हामीले प्रतियोगितालाई निरन्तार दिएका छौं,’ उनले भने, ‘प्रत्येक वर्ष हुने मिल्स क्रिकेट प्रतियोगिता भव्य र सम्भ तरिकाले हुनेछ । ’

प्रथम संस्करणको मिल्स क्रिकेट प्रतियोगिताको विजेता पूर्वाञ्चल एकेडेमी भएको थियो । प्रतियोगिताको उद्घाटनको दिन विराटनगरका क्रिकेट २ खेलाडी ललित नारायण राजवंशी र दिपेश कडेललाई सम्मान गर्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्