विराटनगर । विराटगरस्थित इस्टर्न सिटी डेभ्लोपर प्रोजेक्टले नयाँ वर्ष २०८० को अवसर पारेर विशेष अफर संचालनमा ल्याएको छ ।
सहिद मार्ग, तीनपैनी चोकमा रहेको इस्टर्न सिटीले नयाँ वर्षको अवसर पारेर एउटा फ्ल्याट खरिद गर्दा बुलेट बाइक नि:शुल्क दिने अफर संचालनमा ल्याएको हो ।
तीन कोठा, दुई वटा अट्याटच बाथरुम, एउटा कमन बाथरुम, एउटा हल, एउटा किचन, एक डाइनिङ टेबुलको एरिया र पुजा रुम भएको ८९ लाख २८ हजार रुपैया मुल्य पर्ने १४८८ वर्गफिटको (३ बिएचके) फ्ल्याट खरिद गर्दा साढे ६ लाखको बुलेट बाइक उपहार दिने भएको हो । सिमित अवधीको लागि मात्र राखिएको यो अफर लिन चाहेमा बैंकबाट फाइनान्सको सुविधा समेत उपलब्ध गराइने जनाइएको छ । यस प्रोजेक्टमा फ़्लैट लिंदा उपहार पाउनका लागी कही शर्तहरु रहेको र इलिजिबल हुनलाई निश्चीत क्राइटएरियाहरु पुरा हुनुपर्ने स्टर्न सिटी डेभ्लोपर प्रोजेक्टले जनाएको छ ।
इस्टर्न सिटी डेभ्लोपरमा ५३ वटा फ्ल्याट छन् । इस्टर्न सिटी डेभ्लोपर प्रोजेक्ट ८८ हजार ९ सय स्क्वायर फिटको कन्ट्रक्सन एरियामा बनेको प्रोजेक्ट हो । इस्टर्न सिटी प्रोजेक्ट बनेको १३ कट्ठा जग्गामा पार्किङ रोड समेत रहेको इस्टर्न सिटीले जनाएको छ । २४ सै घण्टा गार्डको सेक्युरिटी सर्भिस्, २४ सै घण्टा इमरजेन्सी मेन्टेनेन्स सर्भिस, स्वीमिङ पुल सुविधा, जिम हल, ५० देखि १०० जनासम्म अट्ने कम्युनिटी हल, कम्युनिटी टेम्पल, बालबालिकाका लागि खेल गार्डन लगायतका सम्पुर्ण सुविधा रहेको इस्टर्न सिटीले दाबी गरेको छ ।