विराटनगर आयल निगममा मोटरसाइकल टिपरमा ठोकिएर दुईजना घाईते

विराटनगर आयल निगममा मोटरसाइकल टिपरमा  ठोकिएर दुईजना घाईते

विराटनगर । विराटनगर–४ स्थित आयल निगम अगाडि भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजना घाईते भएका छन् । आयल निगम पूर्व पेट्रोल पम्पबाट तेल हालेर बाटो काट्दै गरेको टिपरमा मोटरसाइकल ठक्कर खाँदा दुईजना घाईते भएका हुन् ।

बाटो काट्दै गरेको टिपरमा दक्षिणबाट उत्तरतर्फ गईरहेको को २७ प ६६९ नम्बरको मोटरसाईकल टायरमुनी छिरेको थियो । दुर्घटनामा परी चालक विराटनगर–५ भृकुटी चोक घर भएका २१ वर्षीय प्रताप बहादुर थापा र मोटरसाइकल सवार बुढीगंगा घर भएकी १९ वर्षीया निशा न्यौपाने घाईते भएका छन् ।

घाईते दुवैको हाल विराटनगरको कञ्चनबारीस्थित आर्या न्यूरो अस्पतालमा उपचार भईरहेको छ । घाईते दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार घाईतेको शरीरमा कुनै प्रकारको भित्री चोट देखिएको छैन् ।
टिपर चालकलाई भने हाल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । चालकलाई आयल निगमस्थित चौकीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्