विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप

विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप

विराटनगर । विराटनगरमा पहिचान पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीको घेरा तोडेर आन्दोलनकारी विराटनगरको बीग होटलतर्फ प्रवेश गर्न खोजेपछि हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर तितरबितर बनाउने प्रयास भएको हो ।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने मुख्यमन्त्री तथा मन्त्री र सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारीले प्रदेशको पुनः नामाङकन हुनुपर्ने माग राखेर दवाव दिन आएका हुन् ।

विराटनगरमा झडपका कारण तनावग्रस्त बनेको छ । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरीमाथि बारम्बार ढुंगा हानिरहेका छन् ।

युएनडिपीको आयोजनामा मंगलबार र बुधबारका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकस्गिथत नेपालीरिका होटलमा राखिएको थियो । त्यहाँ नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा सारिएको थियो । आन्दोलनकारी यहिं आईपुगेपछि कार्यक्रम समेत अनिश्चत बनेको छ ।
दिउँसो २ः०० बजेदेखि सुरु हुने कार्यक्रम स्थल आसपास अहिले पनि तनावको वातावरण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्