विराटनगरका नालामा शौचालयको निकास, खसीको लादी

विराटनगरका नालामा शौचालयको निकास, खसीको लादी

विराटनगर । विराटनगर महानगरपालिकाले सडकको नाला सफाई कार्यलाई तिव्रता दिएको छ । पानीको निकास नहुँदा डुबानको समस्या भोग्नु पर्ने स्थितिलाई मध्यनजर गर्दै यसवर्ष वर्षात अगाडी नै नाला सफाई गर्ने काम भईरहेको छ ।

नाला सफाई गर्ने टोलि स्थलगत रुपमै उपस्थित भएर घरधनीको निकास समेत हेर्ने गरेका छन् । यसरी टोलिले नालाको स्वाब निकालेर निरीक्षण गर्दा कतै घरको शौचालयको निकास नालामा भेटिएको छ भने कतै खसीको लादीभुँडीको थुपारिने गरेको पाइएको हो ।

विराटनगर रोडशेषस्थित श्रीकृष्ण गौ सदनले शौचालयको मलमूत्र सिधै नालीमा मिसाएको पाइएको छ । महानगरको सरसफाई टोलीले नाला सफा गर्ने क्रममा शौचालयको मलमूत्र नालीमा मिसाइएको भेटिएको हो । सरसफाई शाखा प्रमुख पुनम दाहालले नालामा शौचालयको निकास गर्ने गौ सदनका घरधनीलाई कानुनअनुसार कारबाही गरिने जानकारी दिएका छन् ।

गौ सदनका घरधनी प्रेमप्रकाश उप्रेतीले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । मलमूत्र भएको नाला सरसफाईकर्मीलाई लगाएर आफैंले सफा गर्ने बताएका थिए । यस्तै विराटनगर–३ कन्चनबारीस्थित गोर्खा फ्रेस हाउसले खसीको लादीभुँडीक नालामा मिसाएको पाइएको थियो । सरसफाई टोलिले गोर्खा अगाडीको स्वाब झिकेर हेर्दा खसी काटेर त्यसको लादीभुँडी नालीमा मिसाएको भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्