विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १८ जना घाइते

विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १८ जना घाइते

विराटनगर । विराटनगरमा पहिचानवादी पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा भएको दोहोरो झडपमा १८ जना घाईते भएका छन् । आन्दोलनकारी कार्यक्रमस्थलतर्फ बढ्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फ हानाहान भएको थियो ।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा आयोजना गरिएको थियो । त्यस कार्यक्रममा मुख्यमन्त्रीसहित मन्त्रीहरु र सांसद समेतको सहभागिता रहने भनेपछि पहिचानवादी पक्षधरले दवाव सिर्जना गर्न आएका थिए ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप हुँदा नेपाल प्रहरीका ६ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । सशस्त्र प्रहरीका ४ जना घाइते भएका छन् ।

आन्दलोनकारीतर्फ ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा धरान ८ का अशोक राई्, तरहराका सरोज लिम्बू, धरान ११ का ज्ञानबहादुर राई, धरान १६ का शिव आङ्दम्बे, इलाम माङसेबुङका उदय लिम्बू, मोरङ ग्रामथानका सुरज राई, धरान ६ का एमके, विशाल राई र ईटहरीका पदमलाल लिम्बू घाइते भएका छन । घाइतेहरुको कसैको खुट्टमा त कसैको टाउकोमा चोट लागेको छ ।
झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगा–ईट्टाले हिर्काउका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्