विराट गोल्डकप : विराटनगर सिटी र लुका सकर आज उपाधिका लागि खेल्दै

विराट गोल्डकप : विराटनगर सिटी र लुका सकर आज उपाधिका लागि खेल्दै

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली विराटनगर सिटी एफसी र भारत केरलाको लुका सकर क्लब खेल्ने भएका छन् ।

विराटनगर शहीद रंगशालामा फाइनल खेल साँझ ६ः४५ बजे हुने छ । लुका सकरको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । लुका सकरको पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुग्न समेत सफल भएको हो । घरेलु टोली विराटनगर भने दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।

विराटनगरले नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई हराएको थियो भने सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा स्थान तय गरेको हो । विराटनगर छ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको छ । यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ ।

प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ । फाइनल खेलको ५०० रुपैयाँ प्रतिगोटा टिकट दर तोकिएको छ । प्रतियोगिता आयोजना गर्न २ करोड ५० लाख खर्च अनुमान गरिएको छ ।

विराटनगरमा २०१८ सालदेखि हुँदै आएको महेन्द्र गोल्डकपको रुपान्तरिक संस्करण विराट गोल्डकप २०५७ सालदेखि सुरु भएको हो । विराट गोल्डकपको यो सातौं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्