विराटनगरमा पनि एमजी भेइकलको इलेक्ट्रिक भेरियन्टको एसयूभीको प्रि-बुकिङ खुला

विराटनगरमा पनि एमजी भेइकलको इलेक्ट्रिक भेरियन्टको एसयूभीको प्रि-बुकिङ खुला

एमजी भेइकलको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीको प्रि-बुकिङ खुला गरेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पनि यसको बुकिंङ सुरु भएको छ । विराटनगरको गोग्राह चोकमा न्यु पीआर सप्लायर्सले बिक्रेताको रुपमा रहेको छ ।

यस ईभीमा २८० एनएमको ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ । ३० मिनेटमै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले सिङ्गल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । ब्याट्री लाइफ भने ८ वर्षको रहेको कम्पनीले बताएको छ ।

त्यसैगरी सुरक्षाको लागि ६ वटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता फिचर राखिएको जनाइएको छ । त्यस्तै मनोरञ्जनको लागि प्रिमियम पानोरमिक सन-रुफ, डीएबी रेडियो र ब्लूटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि-लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकरसहितको थ्रीडी साउन्ड सिस्टमसमेत रहेको छ ।

ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४ वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सीट, दुईवटा इसोफिक्स चाइल्ड सीट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०-४० फोल्डिङ रियर सीट, रूफ रेल, पावर-फोल्डिङसमेत रहेको कम्पनीले बताएको छ ।

नेपालमा यसको मूल्य ४८ लाख ४९ हजार रहेको छ । डिलक्स भेरियन्टको मूल्य ५२ लाख ४९ हजार राखिएको कम्पनीले सार्वजनिक गरेको छ ।

वैशाखबाट उपभोक्तालाई डेलिभरी गरिने एसयूभीलाई १ लाख डिपोजिट गरेर प्रि-अर्डर अथवा बुक गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्