षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई प्रदान

<span class='c1'>षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार</span> <span class='c2'>दाहाल र अधिकारीलाई प्रदान</span>

विराटनगर । नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसका अवसरमा मोरङ शाखाले दुई जनालाई पुरस्कृत गरेको छ । यस वर्षको ‘षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार’ सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ अनलाईन खरबरमा विराटनगरबाट कार्यरत पत्रकार हरि अधिकारीलाई प्रदान गरिएको हो।

पचास हजार ५१ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र १५ हजार ५१ राशीको ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ अधिकारीलाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले दुवैजनालाई पुरस्कार वितरण गर्नु भएको थियो । महासंघको स्थापना दिवसको अवसरमा बिहान सुन्दरहरैचाको विराटचौकमा प्रभातफेरि समेत निकालिएको सचिव नेत्र पी अधिकारीले जानकारी दिए ।

‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भईसक्नु भएको छ । यस्तै ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी न्यौपाने र देवनारायण साह पुरस्कृत भई सकेका छन्। दुवै पुरस्कार नेपाल पत्रकार महासंघ मोरङले स्थापना दिवसका अवसरमा हरेक वर्ष चैत १६ गते वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्