विराटनगर । ‘रामनवमी’ पर्वको अवसरमा विराटनगरमा आज शोभा यात्रा निकाल्ने भएको छ।
विराटनगर-९ बुध हाटस्थित श्री पंचमुखी हनुमान मन्दिरबाट आज दिउँसो २ बजे विराटनगरमा शोभा यात्रा निकाल्ने श्री पंचमुखी हनुमान मन्दिर संचालक समितिले जनाएको छ।
हनुमान मन्दिरदेखि रोडशेष,महेन्द्र चोक,शनिमन्दिर विजुली अफिस, बरगाछी, दुर्गा चोक,तीनपैनी चोक,गोल्छा चोक हुँदै हनुमान मन्दिरमा गएर शोभा सम्पन्न हुने छ ।
‘रामनवमी’ पर्व श्रद्धापूर्वक मनाइँदै छ चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामको जन्मदिनको अवसरमा श्रद्धापूर्वक ‘रामनवमी’ मनाइने गरीन्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।