विराट गोल्डकप : महेन्द्र गोल्डकपदेखि विराट गोल्डकपसम्मका विजेता

विराट गोल्डकप : महेन्द्र गोल्डकपदेखि विराट गोल्डकपसम्मका विजेता

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनल बिहीबार (आज) साँझ सहिद मैदान विराटनगरमा आयोजना हुँदैछ । पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधिका लागि फाइनलमा मैदान उत्रने छन् ।

सहिद रंगशालामा ६ः४५ बजेदेखि हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको फाइनल र विराटनगर ६१ वर्षपछि उपाधी लक्ष्यमा रहेका हुन् ।

विराटनगरले पुर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

यस्तै विराट गोल्डकपमा पहिलो पटक भाग लिएको केरलाले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरालाले साविक विजेता विभागीय टिम एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

केरलाको लुका सकर र घरेलु टिम विराटनगरबीच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदैछ । साविक बिजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन टिम संकटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेको छ ।
घरेलु टोलीले तेस्रोपटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो । विराटनगर ६१ औं वर्षपछि गोल्डकपको फाइनलमा पुगेको छ । यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपबिजेता भएको थियो । त्यसबेला भारतको कोलकाताले गोल्डकपको उपाधि जितेको थियो ।

२०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसपछि महेन्द्र गोल्डकपका बाँकी संस्करमा उपाधीका लागि फाइनल यात्रा रोकिएको थियो । विराट गोल्डकपको सातौ संस्करणमा घरेलु टिम फाइनलमा पुगेको हो । गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइनल खेलबाट बिमल घर्तीमगरलाई समेटेको छ । घरेलु टिमलाई फाइनलमा पु¥याउन विमलले महत्वपूर्ण भूमिका खेलका थिए । उनले निकालेको दुवै क्रस पासमा विराटनगरले संकटलाई २–१ गोेलले पराजित गरेको थियो ।

चैत ९ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको बिजेताले २० लाख १५ हजार र उपबिजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५-२५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको स्वरूप परिवर्तन भएको थियो ।
विगतमा उपाधी जितेका टिम
२०१८–इलेभेन ज्वेल्स भारत
२०१९–मोरङ ११
२०२०–भातृ संघ
२०२१–मालदा टाउन ब्वाइज
२०२२–मालदा टाउन ब्वाइज
२०२३–विधान चन्द्र कलेज इन्डिया
२०२४–मित्रा साम्लिमी
२०२५–शान्ता फोसिया क्लव
२०२६–साना बीएसपी क्लव
२०२७–उसा टेलिहाइस्ट
२०२८–कोर अवेन क्लव
२०२९–जर्ज टेलिग्राम
२०३०–टाउन क्लव
२०३१ –थिम्पु ११
२०३२–कन्ट्रोल एक्साइस
२०३३ –एशियन नर्थ क्लव
२०३४ –महेन्द्र पुलिस क्लव
२०३५–लर टाउन क्लव
२०३७ –एमसिआर क्लव
२०३८–ब्वाइज यूनियन
२०४४–जनकपुर चुरोट कारखाना
२०४५–मनाङ मस्र्याङदी क्लव
२०४८–जनकपुर चुरोट कारखाना
२०५१–इस्टर्न रेलवे
२०५४–एनआरटी क्लव
२०५६ –आरसिटी क्लव
२०५९–महेन्द्र पुलिस क्लव
२०६०–महेन्द्र पुलिस क्लव
२०६८ –हिमालयन शेर्पा क्लव
२०६९–संकटा क्लव
२०७१ –झापा ११
२०७२ नेपाल पुलिस क्लव
२०७५ थ्रिस्टार क्लव
२०७७ एपीएफ

२०७९–?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्