आन्दोलनकारीहरु शान्ति चाहान्छन्

आन्दोलनकारीहरु शान्ति चाहान्छन्

विराटनगर ।  विराटनगरस्थित रोडशेष चोक १४ गते मंगलबार बिहानसम्म शान्त रहेको चोक एकाएक तनावग्रस्त भयो ।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै कोशी प्रदेशका पहिचान पक्षधरहरु आन्दोलन चार्काइ रहेका छन् । सो दिन पनि बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तर क्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरुलाई बदाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडपसमेत परेको थियो । पानीको फोहोरा, हवाइ फायर हुँदै अश्रुग्यास समेत प्रहार भएको थियो । प्रहरी र आन्दोलनकारीबीच झडप, प्रदेश १ को नाम पहिचानसहित पुनः नामकरण हुनुपर्ने मागसहित चर्को नाराबाजी हुँदै गर्दा इलाम माङ्सेबुङका कृष्ण समहारुङ राई माला झपिरहेका थिए । जुन अहिले सामाजिक सञ्जाल र टिकटकले राम्रै स्थान आगटेको छ ।

उनले राज्यपक्ष र आन्दोलनकारी पक्षका कुनै पनि मानिसले अप्रिय घटना बेहोर्नु नपरोस भन्दै माला गन्दै मन्त्र जप गरेको पहिचानसहितको प्रदेश १ पुनः नामाकरण अभियान समितिका अध्यक्ष डकेन्द्र सिं थेगिमले बताए । विश्व शान्ति तथा मानव एकताका लागि माला जप गरिएको बताउदै उनले भने,’राज्यपक्ष र आन्दोलनकारी दुवैबीच ठूलो क्षती नहोस् भनेर मालासँगै मन्त्र जप गरिएको हो ।’

पछिल्लो समय पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरले विभिन्न आन्दोलन गर्दै आइरहेको छ । आन्दोलनको क्रममा चैत्र ५ गते घाइते भएका पदम लिम्बू (लाजेहाङ) को उपचारको क्रममा मृत्यु समेत भएको छ । उनको शव अझै उठ्न सकेको छैन । अब चैत्र २५ पछि निर्णायक आन्दोलन गरिने उनले जानकारी दिँदै भने,’ एस ई ई परिक्षाले गर्दा हामीले आन्दोलन रोकेका छौं,।‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्