विराटनगरमा शनिबार शान्ति र अहिंसा दौड : एकसाथ २३ देशका ५५ शहरमा म्याराथन, यस्तो छ रुट

विराटनगरमा शनिबार शान्ति र अहिंसा दौड : एकसाथ २३ देशका ५५ शहरमा म्याराथन, यस्तो छ रुट

विराटनगर । विराटनगरमा शनिबार (भोलि) विहान ५ः३० बजे शान्ति र अहिंसाका लागि म्याराथन दौड आयोजना हुँदैछ । जैन इन्टरनेशनल ट्रेड अर्गनाईजेशन अन्तर्गत जीतो लेडिज विंग विराटनगरले म्यराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

जीतो लेडिज विंगका विराटनगरका अध्यक्ष सन्तोष जैनले दौडको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी छिन् । शुक्रबार जैन भवन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जैनले चारसय सहभागी गराउने लक्ष्य राखिएकोमा त्यसको संख्या ४५० पुगेको जानकारी दिइन् ।

विराटनगर मात्रै नभई विश्वभरका २३ मुलुकका ५५ शहरमा एकसाथ एकै समयमा कार्यक्रम आयोजना हुनेछ । सहभागीले ३, ५ र १० किलोमिटर दुरीमा म्याथन दौड गर्नेछन् । प्रतियोगिताको १० किलोमिटर दुरीमा प्रथम पुरुष\महिला लाई २१ हजार नगद राशीको पुरस्कार प्रदान गरिने छ । यस्तै ५ किलोमिटर दुरीमा प्रथम हुने पुरुष\महिलालाई ११ हजार नगद राशीले पुरस्कृत गरिने छ । तीन किलोमिटर दुरीका प्रथम पुरुष÷महिललाई समेत पुरस्कृत गरिने कार्यक्रम छ ।

एकसाथ सुरु हुने दौडमा ३ किलोमिटरका सहभागीले जैन भवन–तीनपैनी चौक–जिल्ला प्रशासन कार्यालय, कोशी अस्पताल हुँदै जैन भवन फर्कनु पर्नेछ ।

यसैगरी ५ किलोमिटरका सहभागीले जैन भवन पानी ट्याङ्की–बरगाछी–महावीर रोड हुँदै जैन भवन फर्कनु पर्नेछ ।

लामो दुरी १० किलोमिटरका सहभागीहरुले जैन भवन–तीनपैनी–पुष्पलालचौक मार्गको दुध फारम मोडिने रोडबाट हाईवे निस्कने छन् । त्यसपछि कन्चनबारी–बरगाछी–शनिमन्दिर रोडबाट मुख्य बजार क्षेत्र हुँदे जैन भवन फर्कने छन् । हालसम्म ३ किलोमिटर दुरीमा २३०, ५ किलोमिटरमा १६५ र दश किलोमिटरमा ४५ जनाले रजिष्टर गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्