नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न(फोटो फिचर)

<span class='c1'>नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त</span> <span class='c2'>भीड नियन्त्रण अभ्यास सम्पन्न(फोटो फिचर)</span>

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास सम्पन्न भएको छ ।

आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र प्रहरी बल नेपाल नं.३ गण हे.क्वा. कंकालिनि मोरङका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सिलसिलेवार बल प्रयोगको सिद्धान्त अनुसार भीड नियन्त्रण अभ्यास सम्पन्न भएको हो ।

न्दोलन तथा विरोधका क्रममा हुने भीडलाई मानव अधिकारको संरक्षण गर्दै भीड तितर बितर बनाई स्थिति सामान्य बनाउन प्रहरीलाई भीड नियन्त्रण अभ्यास गराईएको छ ।

जिल्लामा शान्ति सुरक्षा सु-व्यवस्था कायम गर्नको निमित्त दुवै संगठन एकै साथ परिचालन हुने भएको हुँदा भीड नियन्त्रणको लागि संयुक्त अभ्यास गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्