विराटनगरबाट पाँच दिनदेखि हराएकी बालिका अझै भेटिएन

विराटनगरबाट पाँच दिनदेखि हराएकी बालिका अझै भेटिएन

विराटनगर । विराटनगरबाट पाँच दिनदेखि हारएकी एक बालिका अझै भेटिएको छैन ।

झरना चोक रामपुरकी १२ वर्षिया निर्जला कुमारी सहनी चैत्र १२ गतेबाट विराटनगरदेखि हराएकी हुन् । प्रहरी समक्ष खोजतासको निवेदन दिँदा समेत अझैसम्म उनी फेला परेकी छैनन् ।

उनको परिवारले खोजतलासका लागि प्रहरी समक्ष निवेदन दिएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले बताए ।

अनुसन्धान भइरहेको र खोजतलास पनि भइरहेको बताउदै उनले भने,‘कहाँ-कहाँ हुन सक्छ भन्ने सन्दर्भमा अन्य जिल्लामा पनि परिपत्र गरिसकेका छौं, अनुसन्धान सुरु भैं सकेको छ फेला परेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्