भास्कर आइ केयर र ट्राफिक प्रहरी मोरङको आयोजनामा आँखा शिविर सम्पन्न

भास्कर आइ केयर र ट्राफिक प्रहरी मोरङको आयोजनामा आँखा शिविर सम्पन्न

विराटनगर । भास्कर आइ केयर र जिल्ला टा«फिक प्रहरी कार्यलय मोरङको संयुक्त आयोजनामा आँखा शिविर सम्पन्न भएको छ । ट्राफिक प्रहरी, सफारी चालक र अटो रिक्सा चालकलाई लक्षित गरेर आयोजना गरिएको सो आँखा शिविर शनिबार सम्पन्न भएको हो ।

शिविरमा ९० जना सफारी र अटो रिक्सा चालकको र ५० जना ट्राफिक प्रहरीको आँखा जाँच गरिएको भास्कर आइ केयरका बरिष्ठ जलबिन्दु तथा नेत्र रोग विशेषज्ञ डा भास्कर झाले जानकारी दिए । उनका अनुसार ९० जना चालकमध्ये १० जनाको मोतियाविन्दु र दुईजनामा जलविन्दुको समस्या रहेको छ । यता ५० जना ट्राफिक प्रहरी मध्ये तीसजनाको आँखामा एलर्जीको समस्या देखा परेको उनले बताए ।

‘कतिपयलाई चालिसे अर्थात नजिक देख्न नसक्ने समस्या देखिएकोछ, ट्राफिक प्रहरीको ५० जनामध्ये तीसजनाको आँखामा एलर्जीको समस्या देखिएको छ,’डा. झाले भने,’ उहाँहरुलाई एलर्जीको औषधि पनि दिएका छौं ।’ ट्राफिक प्रहरी धुलो र घाममा खटिनुपर्ने भएकाले अस्पतालको तर्फबाट ‘सनग्लास’ समेत प्रदान गरिएको डा. झाले बताए ।

प्रदुषणले आँखामा समस्या हुँदा ट्राफिक व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई समस्या आउने भएकाले यस्ता समस्याबाट निराकरण गर्नका निमित्त शिविर सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुनिल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्