मिल्स क्रिकेट : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा

<span class='c1'>मिल्स क्रिकेट : वाइआरसिसी</span> <span class='c2'>र एनबीएससी सेमिफाइनलमा</span>

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई ५ विकेटले हराउँदै वाइआरसिसी सेमिफाइनलमा पुगेको हो ।

होराइजनले दिएको १८४ रनको विजय लक्ष्य वाइआरसिसी विराटनगरले १८ ओभर ४ बलमा ५ विकेट गुमाइ पूरा गर्यो । जसमा दिलिप नाथले ७८ रनको अर्धसतकिय इनिङ खेले । दिपक पासवानले २६ रनको योगदान दिए । सरथ भेषकरले ७ रनमा अविजित रहे । बलिङमा वाइआरसिसीका कमल खत्री, सचि यादवले समान २/२ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १८३ रनको स्कोर बनाएको थियो । जसमा मिनिष थापाले सतक कटाएका थिए । १०६ रनको योगदान दिने थापा खेलको म्यान अफ द म्याच घोषित भए । उनको ब्याटबाट ८ छक्का र ४ चौका प्रहार भयो । राकेश कामतले २७ रन बनाए । कपिल मण्डलले अविजित १७ रनको योगदान दिए । बलिङमा होराइजनका दिपक जोशी, सवणर् किस्कु, कपिल मण्डलले समान १-१ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा मिल्स एकेडेमी क्रिकेट क्बल रानीलाई ४९ रनले स्तब्ध बनाउँदै एनबीएससी क्रिकेट क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ । टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ २३९ रनको विशाल योगफल खडा गरेको थियो । जसमा एनबीएससीका विपिन सौरवले ८५ अर्धसतिय इनिङ खेले । विधान गोस्वामीले ४७ रन, प्रशान्त कुमारले ३४ रन बनाए ।

बलिङमा मिल्सले मिरास खानले ४ विकेट लिए । अंकित गोस्वामी र दानिसले समान २-२ विकेट लिए । २४० रनको विशाल विजय लक्ष्य पछ्याएको मिल्स क्रिकेट क्लबले १९ ओभर ४ बलमा अलआउट भइ १९० रनमा सिमित भयो । जसमा विकास लोलियाले ८८ रनको अर्धसतकिय इङनिङ खेले । अभिन्नदनले १५ रन, अंकित गोस्वामीले १३ रन बनाए ।

एनबीएससीका अनुभव श्रीवास्तवले ३ विकेट लिए । रोहित कुमार र प्रशान्त कुमारले समान २/२ विकेट लिए ।
म्यान अफ द म्याच एनबीएससीका विपिन सौरव घोषित भए ।

सोमबारको खेल ओसिस काठमाडौँ र सप्तरी ११ बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल दिल्ली देवस र विरगन्ज युथ क्रिकेट क्लब बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्