कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया

विराटनगर । कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डीको शल्यक्रिया गरी निकाल्न सफल भएको छ ।

मोरङको जहदा गाउँपालिका–२ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो ।

अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादव नेतृत्वको स्वाथ्यकर्मीको टिमले राजभारको मतिष्कमा दुई हप्तादेखि गाढिएको हड्डी ढेड घण्टा लगाई शल्यक्रिया गरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ ।

राजभार खेल्ने क्रममा दुई हप्ता अगाडी टाउकोमा बाँसको भाटाले लागेर गम्भिर चोट लागेको थियो । आर्थिक अवस्था नाजुक रहेको राजभार परिवारले उपचार गर्ने खर्च नभएपछि झण्डै एक हप्ता घरमै बलवीरलाई राखे । बलवीरको टाउको दुखेर असय पीडा हुन थालेपछि मात्रै ठुला बुवा उमेश राजभारले ५ चैतमा कोशी अस्पतालको ओपीडिमा लिएर आए । जव अस्पतालका न्यूरो सर्जन डा. चन्द्र यादवले राजभारको टाउमा लागेको चोट हेरे उनी चकित भए । चोट लागेको एक हप्तापछि अस्पताल लिएर आएका थिए ।

दैनिकी ज्यालादारी गरेर पाँच जनाको परिवार पाल्दै आएका दिनेशसँग छोराको उपचार गर्ने खर्च नभएको कारणले उपचार गर्न ढिलो आएको ठुला वुवा उमेशले चिकित्सकलाई बताए । त्यसपछि अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया र उपचार गर्ने घोषणा गरिदियो । त्यसलगतै अस्पतालका न्यूरो सर्जन डा. यादवको नेतृत्वको टोलीले राजभरको ढेड घण्टा लगाएर सफल शल्यक्रिया गरेको छ । ‘बाँसले लागेर टाउको हड्डी फुटेर मतिष्क भित्र गाढिएको सिटी स्क्यान गरेपछि थाहा भयो । त्यसपछि शल्यक्रिया गरेर गाढिएको हड्डी निकालेका छौं,’ डा. यादवले भने, ‘ अहिले ठिक ठाउँमा आएको छ । विरामीको अवस्था सुधार भइरहेको छ । ’ शल्यक्रिया गरिएको दशदिनपछि विरामी बलवीरलाई सोमबार डिस्चार्ज दिने तयारी गरिएको उनले बताए ।

टाउँको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट सह प्राडा रविन राज सिंहले बताए । आर्थिक रुपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए ।

न्यूरो सर्जन डा. यादवले उपचार गरेपछि छोराको स्वाथ्य अवस्था ठिक भएपछि ठुला बुवा उमेश हर्षित मुद्रामा देखिदै भने भतिजोले नयाँ जिवन पाएको छ । एक अस्पतालले नि:शुल्क उपचार गरेको छ झनै हामी खुशी छौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्