सीमा क्षेत्रमा भारतीयबीच गोलि हानाहान, एकजना घाईतेको विराट नर्सिङमा उपचार हुँदै

<span class='c1'>सीमा क्षेत्रमा भारतीयबीच गोलि हानाहान, एकजना</span> <span class='c2'>घाईतेको विराट नर्सिङमा उपचार हुँदै</span>

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिक भारतको जोगबनी–४ इन्द्रनगर टिकुलिया बस्तीमा लागुऔषध कारोबारीबीच गोलि हानहान भएको छ ।

सोमबार बिहान ४ बजे टिकुलिया वस्तीका अंकित सिंहलाई गोलीको छर्रा लाग्दा घाईते भएका छन् ।

घाईते सिंहको विराट नर्सिङ्ग होममा उपचार भईरहेको छ । सिंह पनि लागुऔषध कारोबारी हुन् । उनलाई अर्को लागुऔषध कारोबारीले नै गोलि हानेको बुझिएको छ ।

यस अगाडी समेत त्यो समूहबीच पटक–पटक विवाद उत्पन्न हुँदै आएको थियो ।

भारतबाट लागुऔषध नेपाल पठाउने र नेपालबाट जाने गाँजा भारतमा कटाउने काममा सिंह सक्रिय रहेको प्रहरीको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्