सिलाई बुनाई श्रमिक संघ कोशी प्रदेशको अध्यक्षमा मोहम्मद अफजल हुसैन गुल्जार निर्वाचित

सिलाई बुनाई श्रमिक संघ कोशी प्रदेशको अध्यक्षमा मोहम्मद अफजल हुसैन गुल्जार निर्वाचित

विराटनगर । नेपाल ईब्रोईडरी ह्याण्डी क्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ कोशी प्रदेशको अध्यक्षमा मोहम्मद अफजल हुसैन गुल्जार निर्वाचित भएका छन् ।

शनिबार विराटनगरमा भएको संघको पाँचौ अधिवेशनबाट गुल्जार दोस्रो कार्यकालका लागि कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका हुन् । संघको नयाँ कार्यसमितिमा तीन जना उपाध्यक्षमा मोहम्मद सौराव, सुर्य नेपाली र महिला उपाध्यक्षमा मदिना खातुन सर्वसम्मत भएका छन् । खातुन यसअघिको कार्यसमितिमा समेत महिला उपाध्यक्ष पदमा निर्वाचित भएकी थिईन ।

त्यसैगरी कोषाध्यक्षमा समेत यसअघिकै पुजा सहनीले निरन्तरता पाएकी छिन् । यस्तै अन्य पदाधिकारीमध्ये सचिवमा हामिद खान, सदस्यमा हरेराम पासवान,सुस्मा चौधरी,आनन्दवती चौधरी र पुजा परियार निर्वाचित भएका छन् ।

संघको प्रदेश समिति जम्मा ११ सदस्य रहेकोमा हाल १० जना सर्वसम्मत भएको र थप १ जना सदस्य मनोनित गरिने उपाध्यक्ष खातुनले जानकारी दिईन । संघको अधिवेशन उद्घाटन सत्रमा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालालाले सिलाई बुनाई श्रमिकको समाजमा ठुलो योगदान रहेको बताए । कोईरालाले श्रमको सम्मान हुनुपर्ने बिषयमा समेत जोड दिए ।

नेपाल ट्रेड युनियन काँग्रेस कोशी प्रदेश अध्यक्ष नारायण बाबु कार्की,आयोजक संस्थाका केन्द्रीय अध्यक्ष तेजप्रसाद रिजाल र नेपाली काँग्रेस कोशी प्रदेश सदस्य राजन खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्