विराटनगरमा शनिबार ‘साइक्लोथन’, चारसय सहभागि साइकलमा सवार गराउने योजना

विराटनगरमा शनिबार ‘साइक्लोथन’, चारसय सहभागि साइकलमा सवार गराउने योजना

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनले आगामी शनिबार विराटनगरमा ‘साइक्लोथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘पेडल फर एजुकेशन’ नाराका लागि यो वषै चौंथो ‘साइक्लोथन’ प्रतियोगिता आयोजना हुने भएको हो ।

क्लवका अध्यक्ष स्वेता तोदीका अनुसार खुल्ला रुपमा सहभागिहरुले आफ्नो नाम दर्ता गर्नसक्नेछन् । जसमा दुई प्रकारका साइकल प्रयोगकर्तालाई प्रथम, द्धितिय र तृतिय पुरस्कार प्रदान गरिने छ । सहभागिले खल्ती एपबाट आफ्नो नाम दर्ता गराउने सुविधा रहेको छ । रजिष्ट्रेशन शुल्क एक हजार रुपैँया तोकिएको छ ।

सहभागिले गियर र नन्–गियर दुई प्रकारको साइकल प्रयोग गर्न पाउनेछन् । जोसँग जुन साइकल छ, त्यहि प्रयोग गरेर प्रतियोगितामा सहभागि हुनसक्ने सुविधा रहेको छ । जसमा पुरुष सहभागिमध्ये पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोले १० हजार रुपिँया पाउने छन् । महिला सहभागिहरुको लागि समेत ३०, १५ र १० हजार राशीको पुरस्कार प्रदान गरिने छ ।

अध्यक्ष तोदीका अनुसार २० किलोमिटर दुरीमा साइक्लिङ्ग रुट तय हुनेछ । जसमा चार पोइन्ट तोकिनेछ । सहभागिले ती चार पोइन्टमा इन्ट्री भएर फर्कनु पर्नेछ । साइक्लिङ्गको रुट सार्वजानिक गरिएको छैन । शनिबार बिहान जैन भवन विराटनगरबाट साइक्लिङ्ग सुरु भएर त्यहिं टुङ्गिने छ ।

सहभागि सबैका लागि प्रमाणपत्र र मेडल, टिसर्ट, फुड बक्स र जुस, इभेन्ट बीब किट, मेडिकल एसिस्टेन्ट सुविधा दिईने छ । यो कार्यक्रमबाट भएको आम्दानीलाई विद्यालयका विद्यार्थीको शिक्षामा खर्च गरिने छ । आदर्श बालिका विद्यालयमा शौचालय निर्माण, सुधारका लागि रकम खर्च गरिने दावी छ । यो कार्यक्रमका लागि पूर्वको इटहरी, धरानसहितका शहरबाट सहभागि आउने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्