महानगरको निर्णय विरुद्ध विराटनगरका व्यापारी, महानगर आफ्नो अडिक नछाड्ने

<span class='c1'>महानगरको निर्णय विरुद्ध विराटनगरका व्यापारी,</span> <span class='c2'>महानगर आफ्नो अडिक नछाड्ने</span>

विराटनगर । विराटनगर महानगरपालीकाले प्रदेश राजधानी विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागी परेको लामो समय भईसक्यो । यो समयमा विकासका कामहरुले राम्रै गति लिएको पनि धेरै उदाहरण छन् ।

यसैक्रममा महानगरले विराटनगरको बजार क्षेत्रका सडक र भीडभाडलाई पनि व्यावस्थित गर्नको लागी नो पार्किङ्ग जोनको अभियान थाल्यो । भौतिक योजना तथा यातायात मन्त्रालय , जिल्ला प्रशासन कार्यलय , जिल्ला प्रहरी कार्यलय , जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, स्थानिय व्यापार व्यावसायका संघसस्था र व्यापारीहरुसँगको छलफलपछि बजार क्षेत्रका सडका दुवै साईडलाई नो पार्किङ जोन बनाउने अभियान सुरु गर्यो ।

सुरुका केही दिन स्तानिय व्यापारीहरुले विरोध गर्दै आन्दोलन नै गरे । तर महानगरले आफ्नो अभियानलाई भने निरन्तरता दिईरह्यो । नो पार्किङ जोनबारे व्यापारीहरु स्वयम दुई धारमा देखिए । एकपक्षले हुन्छ भने अर्को पक्षले हुदैन भन्दै विरोध गर्न थाले ।
नो पार्किङको विषयमा ठूलै वहस र विवादहरु सिर्जना भयो । चौक चौंक देखी सामाजिक सञ्जालहरुमा पनि विराटनगरवासीहरु यस विषयलाई लिएर दुई धारमा देखिएका छन् ।

सामाजिक अभियन्तादेखी राजनितीक दलका नेता तथा कार्यकर्ताहरु पनि नो पार्किङको विषयमा वहस र टिकाटिप्पणी हुन थाल्यो । केही दिन अघि मात्र विराटनगरका स्थानिय व्यापारीहरुले महानगरका नगर प्रहरीको विधुतिय साईकलमा व्हिल लक लगाइदिएका थिए ।
महानगरबाट व्ह्लि लक लगाउन आएको टोलीलाई व्यापारीहरुले लक लगाईदिएपछि महानगरले काममा अवरोध गर्ने व्यापारीहरुलाई कानुनी प्रकृयामा गई कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

यता व्यापारीहरुले सोही दिनदेखी नो पार्किङ जोनको विरुद्धमा उत्रिएर महानगरको निर्णयलाई वेवस्था गर्दै जथाभावी पार्किङ गर्न थालेका छन् । उनीहरुले नारा जुलुस र विभिन्न प्लेकार्ड बोकेर महानगरको निर्णय विरुद्ध उत्रिए । नो पार्किङ जोनले गर्दा व्यापार व्यावसायमा घाटा लागेको भन्दै मोटरसाईकल तथा आफ्नो पसलहरुमा “ग्राहक मास्न पाईदैन नो पार्किङ चाहिदैन” जस्ता प्ले कार्डहरु टासेर बसेका छन् ।
३ दिनदेखी निषेधीत क्षेत्रमा अहिले बजार भरी जथाभावी पार्किङ गरिएको छ । महानगरले गरेको निर्णयलाई व्यावस्था गर्दै व्यापारीहरुले गरेको अटेर प्रति महानगरले ध्यानाकर्षण समेत भएको जनाएको छ ।

यद्यपी हामीले पसल अगाडी पार्किङ गरिएको स्थानमा पुगेर व्यापारीहरुलाई सोध्यौ ? आमसर्वसाधरणले पसल अगाडी पार्किङ गर्न थालेपछि तपाईको व्यापार कतिको चलिरहेको छ त ? भनि सोध्दा विराटनगरका व्यापारी अनिल रजक भन्छन् अहिले २ दिनदेखी हाम्रो व्यापार राम्रै चलिरहेको छ ।
तर यता केही व्यापारीहरुले भने चैतमा व्यापार खस्केको बताएका छन् । अघिल्लो वर्षहरुमा सडकमा पार्किङ गर्ने छुट हुँदा समेत चैतदेखि असारसम्मको व्यापार न्यून हुने गरेको व्यापारीहरुको भनाई छ । तर नयाँ बर्षमा भने केही राम्रो हुने गरेको तर सडक कै कारणले भने त्यति ठुलो असर पर्न नसक्ने व्यापारीहरुको बुझाई छ ।
त्यति मात्र हैन विराटनगरको बजारमा किनमेल गर्न आएका मोरङको ग्रामथानका ललित चौधरी भन्छन् “महानगरपालिकाले सडकबाट पार्किङ हटाएपछि विराटनगर फराकिलो र शान्त देखिएको छ । ‘मैले त महानगरले तोकेको पार्किङ स्थलमा आफ्नो सवारी साधन राखेर बजारमा किनमेल गर्न आएको उनले यसरी सुनाए । यता आम नागरिकको धारणा पनि उही नै छ । विराटनगर बाहिरबाट आउनेहरु पाहुनाहरुले पनि पहिलो नजर बजार एरीयाको नै सौन्दर्यताको ख्याल गर्ने भएकाले पनि महानगरले थालेको अभियान जायज रहेको विराटनगरवासी अर्जुन आचर्यको भनाई छ ।

यति मात्र हैन महानगरको अभियानको अवज्ञा गर्नु भनेको मुर्खता हो उनले भने, ‘अहिलेको विज्ञान र प्रविधीको जमानामा सबै अनलाईन र होमडेलिभेरीको सिस्टम आईसकेकाले गर्दा पनि पसल अगाडी मोटरसाईकल पार्किङ्ग गर्दैमा व्यापार बढ्छ भनेर व्यापारीले आश गर्नु चाही उचित लाग्दैन । ’
विराटनगर महानगरपालिकाले सडकमा पार्किङ गर्न नदिने निर्णयलाई निरन्तरता दिने जनाएको छ । महानगरले शनिबार एक अपिल प्रकाशित गरी विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउन केही स्थानको सडकमा पार्किङ गर्न नदिने गरी निषेधित क्षेत्र बनाएको तर व्यापारीहरुले त्यस कुरालाई उल्लंघन गरेको भन्दै ध्यानाकर्षण समेत जनाईसकेको छ ।

यता महानगर प्रमुख नागेश कोइरालाले भन्छन् आफु विराटनगरलाई सफा , स्वच्छ र व्यवस्थित गर्ने अभियानमा जुटेको छु । आफु विराटनगरवासीको दुस्मनी नभएर विकासप्रेमी भएको उल्लेख गरे । त्यति मात्र हैन सडक तथा बाटो .भनेको पार्किङ गर्नको लागी हैन, बाटो हिड्नको लागी बनाइएको हो । आफु विराटनगरको लागी जति राम्रो काम गर्न खोजे पनि , यहाँ विराटनगरका दुई चार जना राजनितीक गर्ने व्यक्तिहरुले आफ्नो अविष्ट पुरा गर्न खोजेका कारण बजार एरीयाको पार्किङको विवाद देखिएको हो । ‘तर हामी हाम्रो अभियानलाई निरन्तरता नै दिनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्