विराटनगरको पर्पल हेजमा नविन के भट्टराईको सांगीतिक प्रस्तुति

विराटनगरको पर्पल हेजमा नविन के भट्टराईको सांगीतिक प्रस्तुति

विराटनगर । नेपालीहरुको नयाँ बर्षलाई स्वागत गर्दै विराटनगरको ‘पर्पल हेज एण्ड रिर्सोट’मा ‘न्यु इयर ईभ २०८०’को सांगीतिक कार्यक्रम हुने भएको छ ।

विराटनगर एयरपोर्ट रोडमा रहेको ‘पर्पल हेज एण्ड रिर्सोट’मा साँस्कृतिक कार्यक्रम सहित नयाँ बर्षलाई भव्य स्वागत गर्दै मनाईने भएको हो ।

विराटनगरको जिके फिल्म स्टुडियो सहित विराटनगरका रेमो राय, रोहन ताम्राकार,विजय राम, किशान अग्रवालको समुह मिलेर ‘न्यु ईयर ईभ २०८०’ कार्यक्रम गर्न लागेको जनाएको छ ।

सांगीतिक कार्यक्रममा गायक नवीन के भट्टराईको ‘द अतृप्त ब्यान्ड’को प्रस्तुति रहने जिके फिल्म स्टुडियोका संचालक सुजित शाहले जानकारी दिए ।

यसका साथै स्थानीय संस्कृति ब्यान्डको पनि प्रस्तुति रहने साहले बताए । कार्यक्रममा डिजे पार्टीसँगै विराटनगरमा रहेको लोकप्रिय ‘नुक्लियर डान्स ग्रुपको पनि नृत्य प्रस्तुती रहने जनाइएको छ । कार्यक्रमको उद्घोषक मोडल तथा भिजे रिता कट्टेलले गर्ने भएकी छन् ।

अहिले कार्यक्रमको लागी टिकट वितरण भईरहेको र टिकट दर एक हजारको साथमा एउटा क्यान वियर रहेको समेत आयोजकले जनाएको छ ।

सांगीतिक कार्यक्रमको मिडिया पाटनरको रुपमा आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्