विराटनगरमा देखिएको छैन कोरोना, सीमानाकामा आवत–जावत गर्नेको परीक्षण नियमित

विराटनगरमा देखिएको छैन कोरोना, सीमानाकामा आवत–जावत गर्नेको परीक्षण नियमित

विराटनगर । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएपछि भारतसँग खुल्ला सीमाले जोडिएको विराटनगरमा त्यसको सतकर्ता अपनाइएको छ ।
विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार अहिले विराटनगरमा जोखिम भित्रिएको पाइएको छैन । सीमा नाका रानीमा आउनेको अहिले पनि नमूना संकलन र परीक्षण भईरहेको छ ।

स्वास्थ्य मन्त्रालयले सबै तह र तप्काबाट प्रभावका भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्ड पालना गर्न÷गराउन आग्रह गरेको छ । सीमानाकाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको सीमानाकाका हेल्थ डेस्कमा अनिवार्य परीक्षण गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । सीमानाकामा कसैलाई पोजिटिभ देखिएमा नजिकैको अस्पतालमा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको मन्त्रालयको भनाइ छ ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख अलीले अहिलेसम्म कसैलाई पनि पोजेटिभ नदेखिएको जानकारी दिएका छन् । उनले विराटनगर अहिले प्रभावित नभएको बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरिबाट लिएको ‘र्‍यान्डम स्याम्पलिङ’ विधिबाट लिएको २४ वटा पीसीआर तथा एन्टिजेन पोजिटिभ नमुनाहरूको जेनोम सिक्वेन्सिङ गर्दा १० वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएपछि सतकर्ता अपनाउन थालिएको छ ।
त्यस्तै २–२ वटा नमुनामा ओमिक्रोन बीए १।१, बीए २, ओमिक्रोन बीए ५, ओमिक्रोन बीए ५.२ पुष्टि भएको छ । त्यस्तै ३ वटा नमुनामा ओमिक्रोन एक्सबीबी १.५ पुष्टि भएको छ । त्यस्तै १–१ वटा नमुनामा बीए २.७६, एक्सबीबी २.६, एक्सबीएफ पुष्टि भएको छ ।
केही दिनदेखि छिमेकी मुलुक भारतमा समेत कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ फैलिइरहेको छ । भारतमा जनवरीमा पहिलो पटक उक्त भेरियन्ट देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्