विराटनगर । चौधरी ग्रुपको मातहतमा रहेको सिजी नेट छोटो समयमै नेपालमा एकदमै रुचाइएको इन्टरनेट प्रोभाइडर बन्न सफल भएको कम्पनीले दावी गरेको छ । बजारमा ५० र १०० एमवीपीएस स्पिडको नेटको बर्चस्व हुँदा सिजीले अझ सस्तो मूल्यमा १२० एमवीपीएस इन्टरनेट सुबिधा लिएर बजारमा आएको जनाएको छ ।
काठमाडौंका धेरै क्षेत्रहरूमा आफ्नो भरपर्दो र छरितो नेट र आइपिटिभी सुविधा दिदै आएको सिजी नेटले सुविधा क्षेत्र विस्तार गर्दै विराटनगर आइपुगेको जनाएको छ । विस्तारकै क्रममा केही समयमै बीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहवीसम्म आफनो - सुबिधा पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ । यसरी थोरै सहरमा मात्र सीमित सिजी नेट नेटवर्क बिस्तार हुँदा धेरै भन्दा धेरै ठाउँका मानिसहरू भरपर्दो र छिटो नेटको सुविधाबाट लाभान्वित हुने कम्पनीले दाबी गरेको छ ।
इन्टरनेट र आइपिटिभी बाहेक सिजी नेटले शानदार योजना अन्तर्गत आफ्ना प्रयोगकर्तालाई तीन लाखसम्मको इन्स्योरेन्स कभरेज, सिजी टिभी, घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर दिने जनाएको छ । सिजी नेटको प्रयोगकर्ता बनेर मानिसहरूले ४ लाख नेपाली रुपैयाँ बराबरको ती सबै सुबिधाहरूको फाइदा सजिलै उठाउन सक्ने कम्पनीको भनाइ छ ।
बजारमा आफ्नो उपस्थिति जनाएको थोरै समयमै प्रयोगकर्ता र अन्य मानिसहरूको मन जित्न सफल सिजी नेट १३० एमवीपीएसको सबैभन्दा सस्तो मूल्य ७ सय ९९ रुपैयाँ प्रति महिना तोकिएको कम्पनीले जनाएको छ ।