विराटनगरमा एकै व्यक्तिको सातौं पटक साइकल चोरी

विराटनगरमा एकै व्यक्तिको सातौं पटक साइकल चोरी

विराटनगर । साईकल चोरीको विषय सामान्य लागे पनि कहिलेकाहीँ रोचक र गम्भिर हुन्छन् । विराटनगरमा साईकल होस् या मोटरसाईकल चोरी नभएको दिन हुदैन । वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयमा हरेक दिन चोरी भएको उजुरी दिन आम नागरिक पुगेकै हुन्छन् ।

त्यस्तै सोमबार विराटनगरका पत्रकार गणेश लम्सालले पनि जिल्ला प्रहरी र वडा प्रहरी कार्यलयमा आफ्नो पार्किङ गरेर राखिएको साईकल चोरी भएको खबर गरे । अचम्मको कुरा त के छ भने उनको यो सातौं साइकल चोरी भएको रहेछ । एउटै व्यक्तिको सात सात पटक चोरी हुनुभनेको निकै गम्भिर विषय हो ।
उसो त विराटनगर प्रादेशिक राजधानी भईसकेको छ । लम्साल संसदीय रिर्पोटिङमा बढी चासो र कमल चलाउने भएका कारण प्रायः जसो प्रदेशसभामा गहिरहन्छन् । सोमबार पनि विशेष कामले प्रदेशसभामा गएका थिए । आफुले चलाउदै आएको साईकल प्रदेशसभा बाहिर रक्तसञ्चार केन्द्रको भवन तल पेटीमा राखे । साईकल बाहिर नै पार्किङ गरेर प्रदेशसभामा छिरे ।

प्रदेशसभामा काम सकेर बाहिर आउदाँ आफ्नो साईकल चोरी भईसकेको थियो । उनको सातौं पटक यसरी साईकल चोरीभएको घटनाले उनी तीन छक्क परे । हुत न २०५८ सालदेखी पत्रकारितामा प्रवेश गरेसँगै सधैं उनी साईकल नै प्रयोग गर्दै आएका छन् । झन्डै दुई दशक बढी सञ्चार जगतमा काम गरिरहेका लम्साललाई मोटरसाईकल भन्दा पनि साईकल नै चलाउन मनपर्छ ।

उनी हरेक दिन कार्यालय जादाँ आउँदा साईकलको नै यात्रा गर्ने गर्दछन् । यस अघि पनि पटक पटक साईकल चोरी भएपछि पुरानो सेकेन्ड हेण्ड साईकल किनेर चलाएको सुनाए , तर पनि चोरले पुरानो होस् या नयाँ कुनै छोडेन । उनी अहिले साईकल चोरी भएपछि सिटी रिक्शाको प्रयोग गर्दै आएका छन् । उनले यसरी आफ्नो साईकल पटक पटक चोरी हुदाँ प्रहरी सामु पनि उजुरी दिएको तर कुनै चोरी भएको साईकल नभेटिएको सुनाए । सोमबार मात्रै चोरी भएको साईकल सिसी क्यामारामा देखिएको छ । प्रदेशसभा बाहिर रक्तसञ्चार कार्यालयको भवनमा जोडिएको सिसी क्यामारामा स्पष्ट चोरले साईकल चोर्दै गरेको भिडियो देख्न सकिन्छ । मुखमा मास्क लगाएका अन्दाजी ३०–३५ बर्षको उमेर देखिएका पुरुषले एकछिन् साईकल वरपर हेर्छन् अनि साईकलमा लगाइएको ताल्चा फोडेर साईकल कुदाउदै भाग्छन् ।

यसरी चोरी भएको बारे लम्सालले जिल्ला प्रहरी कार्यलयमा भिडियो सहित उजुरी गरेका थिए । प्रहरीले ३ जनालाई पक्राउ पनि गर्यो । तर भिडियोमा देखिएको साईकल चोर नभएकाले छोड्न वाध्य भयो । सिसी क्यामाराको भिडियो स्पष्ट नभएका कारण पनि चोरको पहिचान गर्न समस्या भयो । लम्साल भन्छन् यदि बजार एरीयाका क्यामारा अहिलेको प्रविधीयुक्त भईदिएको भए चोरी गर्ने मान्छे चिनिन्थ्यो होला । तर दुर्भाग्य विराटनगर बजार क्षेत्रका सिसी क्यामारा काम लाग्ने नभएका कारण दैनिक चोरी हुने दुई पाङ्ग्रे सवारी भेटिदैन । यसका लागी पुराना थोत्रा काम नलाग्ने क्यामारा हटाई प्रविधीयुक्त एडभान्स क्यामारा जोड्नु जरुरी छ ।

साईकल यसरी चोरी भएको थियो भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्