विराटनगर हाईवे क्षेत्रका क्रसिङ्ग पोइन्टमा खडा गरियो सिमेन्टका डिभाईडर

विराटनगर हाईवे क्षेत्रका क्रसिङ्ग पोइन्टमा खडा गरियो सिमेन्टका डिभाईडर

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि ढाटसम्म छलेन सडकको केन्द्रभागमा डिभाईडरसँगै छोडिएका ‘क्रसिङ फर स्मल ओपनिङ्ग’ क्षेत्र बन्द गरिएको छ । सडक वारपारका लागि राखिएका यस्ता क्षेत्र बन्द गरिदाँ सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । छलेन सडकको दायाँ–बाँया ३÷३ लेनमा विभाजित गरेर फिक्स डिभाईडर निर्माण गरिएपछि पैदल तथा साना सवारी क्रसिङका लागि पोइन्ट राखिएको थियो ।

व्यापारीको चाहना अनुसार जथाभावी राखिएको क्रसिङ अहिले आयोजनाले बन्द गराएको छ । राष्ट्रिय राजमार्गको स्तर अन्तराष्ट्रिय मापदण्ड अनुसार हुनुपर्ने भएपनि निर्माण व्यवसायी, आयोजना कार्यन्वयन गर्ने इकाई र व्यापारीको ईच्छाले डिजाइनमै परिवर्तन गरेर राखिएका क्रसिङ्ग पोइन्ट अहिले बन्द गर्ने गर्न थालिएको हो ।

राजमार्गमा सवारीको चाप अत्याधिक हुने गर्दछ । मालवस्तु लोड भएका ह्याभ्बी लहरीदेखि ट्याङकर, यात्रु बहाक तथा साना सवारीको चाप हुने राजमार्गमा जथाभावी क्रसिङ पोइन्ट हुँदा दुर्घटनाको जोखिम हुने अनुमान गरिएको छ । यस अगाडी आयल निगमदेखि ढाटसम्मको सडक क्षेत्रमा जथाभावी राखिएको क्रसिङ वारपार गर्ने क्रममा धेरै दुर्घटना भएपछि बन्द गरिएको थियो । अहिले आयल निगमदेखि रोडशेष चौकसम्मको सडकमा रहेको क्रसिङ फर स्मल ओपनिङ्ग क्षेत्रमा सिमेन्टका डिभाइडर राखिएको छ ।

ठूला सडकमा राखिने यस्ता क्रसिङ पोइन्टलाई भिन्न भिन्न नाम दिइएको हुन्छ । प्राविधिक भाषामा ‘क्रसिङ्ग फर स्मल ओपनिङ्ग’ ‘इन्टरसेक्सन फर बिग रोड क्रसिङ्ग’, इन्टरसेक्सन फर टु हाईवे क्रसिङ र विशेष र खास स्थान जहाँ पहिल्यैदेखि प्रचलनमा रहेको क्रसिङमा स्थान विशेष नाममा राखिने चलन रहेको छ । जस्तै इटहरी चौकमा इन्टरसेक्शन फर टु हाईवे क्रसिङ इष्ट–वेष्ट र नर्थ–साउथ छ । यस्तै आयल निगममा क्रसिङ फर स्मल ओपनिङ, कन्चरबारी इन्टरसेक्सन, बरगाछी इन्टरसेक्सन र महेन्द्र चौक इन्टरसेक्टर, रोडशेष इन्टरसेक्शन रहेको छ । बाँकी स्थानका इन्टरसेक्शनलाई स्मल क्रसिङ्ग पोइन्टको रुपमा राखिएको थियो । अहिले बन्द भईरहेका छोटो दुरीमा रहेका क्रसिङ पोइन्टहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्