पार्किङबाट तर्सेका विराटनगरका व्यापारीले अनुगमनको निहुँमा गराए बजार बन्द

<span class='c1'>पार्किङबाट तर्सेका विराटनगरका व्यापारीले अनुगमनको</span> <span class='c2'>निहुँमा गराए बजार बन्द</span>

विराटनगर । मूल्य, तौल र गुणस्तरमा ठगिएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबारदेखि संयुक्त बजार अनुगमन सुरु गरिएको हो ।

अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा पीउने पानीको बोतलमा एमआरपी उल्लेख नगरेको र खरिद र बिक्री बिल मूल्यांंकन गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा राखी बिक्री गरेको पाइएको थियो । अनुगमन टोलीले स्वीट पसललाई आवश्यक कागजातसहित ३ दिनभित्र महानगरमा उपस्थित हुन निर्देशन दिएको छ ।

पसलमा अधिकांश भारतीय नागरिक कामदारको रुपमा रहेको भेटिएको छ । स्वीटमा कार्यरत ४० मध्ये २५ जना भारतीय कामदार भएको पाइएको उपमेयर कार्कीले जानकारी दिनुभयो । वैदेशिक कामदार राख्दा श्रम ऐन–२०७४ र सोको नियमावलीको समेत बेवास्ता गरी स्वीट पसलले १२ वर्षदेखि निरन्तर रुपमा मीठाइ पसल सञ्चालन गरेको पाइएको हो ।
“मूल्य, गुणस्तर र नापतौलका विषयमा उपभोक्ताबाट व्यापक गुनासो आएपछि हामीले संयुक्त बजार अनुगमन गरेका हौं,” उपमेयर कार्कीले भन्नुभयो “महानगरसहित तीनै तहका सरकारका उपभोक्ता हितसँग सम्बन्धित कार्यालयका प्रतिनिधिहरूको सहभागितामा संयुक्त बजार अनगुमन गरिएको छ । यो महानगरको नियमित अनुगमन पनि हो ।”

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको उपप्रमुखलाई बजार अनुगमनको प्रमुख जिम्मेवारी तोकेको छ । त्यस्तै जलजला रोडस्थित बजरंग ज्वेलर्सको अनुगमन गर्दा कालीगढ तथा कामदारहरूलाई श्रम ऐनविपरीत हुनेगरी पारिश्रमिक दिएको पाइएको छ । आफ्नो पारिश्रमिकका विषयमा कामदारसमेत अनभिज्ञ रहेको र कामदारहरूको सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम नगरी श्रमिकहरूको अधिकारबाट वञ्चित रहेको पाइएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल जानकारी दिनुभयो ।

टोलीले खाद्य, लत्ताकपडा, सुनचाँदी, जुत्ताचप्पल, होटललगायतका पसलहरूको अनुगमन गर्ने कार्यक्रम भए पनि व्यापारीहरूले पसल बन्द गरेका कारण बुधबारको पूर्वनिर्धारित अनुगमनलाई स्थगित गरिएको थियो । अनुगमन टोली पुगेपछि व्यापारीहरूले पसल बन्द गरेका थिए । व्यापारीहरूले पार्किङको कारण देखाउँदै पसल बन्द गरेका थिए । “व्यापारीहरूले हामी पुग्ने बित्तिकै पसल बन्द गर्न थाल्नुभयो,” पौडेलले भन्नुभयोे, “यो नियमित र संयुक्त अनुगमन भएकाले महानगरले अघि सारेको पार्किङ व्यवस्थापनसँग यसको कुनै सम्बन्ध छैन ।

अनुगमनमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, बजार निरीक्षण अधिकृत सरोजकुमार गौतम, महानगरका धीरज राई, गुणस्तर तथा नापतौल कार्यालयबाट सुशीला तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वीरेन्द्रकुमार दास, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका दीर्घबहादुर घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका तारानाथ भट्टलगायत तीनै तहका सरकारका कर्मचारी प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्